काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्ले सिफारिस गरेका ५ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छिन्।
बिहीबार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनीहरुलाई शुक्रबार राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।
न्यायाधीश नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्मा रहेका छन्। ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायीमध्येबाट न्यायाधीश सिफारिस भएका थिए।
बिहीबार उनीहरु संसदिय सुनुवाइ समितिबाट सर्वसम्मतरुपमा स्वीकृत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।