काठमाडौं– अभिनेता सौगात मल्ल र अभिनेत्री पूजा शर्माले पहिलोपटक एकसाथ स्क्रिन सेयर गर्ने भएका छन्।
शिशिर राणाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पोइ पर्यो काले’ मा पछिल्लो समय सौगात अनुबन्धित भएपछि पूजासँगको स्क्रिन सेयर पक्का भएको हो।
यसअघि फिल्ममा पूजाको साथमा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका थिए। फिल्ममा सौगात पूजाको ‘काले पोइ’ को रुपमा प्रस्तुत हुने बताइएको छ।
दीपक मनाङ्गे फिल्मका निर्माता रहने फिल्ममा हास्य तथा सामाजिक कथावस्तु समावेश गरिने निर्माण पक्षको भनाइ छ।
जेठबाट छायांकनमा जाने बताइएको फिल्मलाई आउँदो तिहारको लक्ष्मीपूजामा सार्वजनिक गरिने निर्माण युनिटको तयारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।