काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षताको विरोध र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ।
शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले 'धर्म निरपेक्षता' लेखेको पम्पलेट जलाएका थिए। कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले कोटको खल्तीबाट धर्म निरपेक्षता लेखेको ब्यानर निकालेर जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

सोक्रममा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपानेलगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। अध्यक्ष राणालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षितरुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।