• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपालगञ्ज रंगशालाले फेरेको अनुहार, पूर्वराष्ट्रिय खेलाडी शर्मा भन्छन्- सपना जस्तै लाग्छ

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  १३:०७
1140x725

नेपालगञ्ज- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनअघि नेपालगञ्ज रंगशालामा भेटिएका ह्यान्डबलका पूर्वराष्ट्रिय खेलाडी जयन्तकुमार शर्मा निकै उत्साहित देखिन्थे। खेलकुदमा लागेको ४० वर्षमा नाघिरहँदा उनको कर्मभूमि नेपालगञ्ज रंगशालाले नयाँ स्वरुप पाएको छ, त्यो पनि अत्याधुनिक प्याराफिट सहितको। 

'२०३७-३८ सालतिर यहाँको मैदान राष्ट्रिय स्तरको पनि थिएन। जताजतै खल्टाखुल्टी। अलिअलि मर्मत गरेर खेल्थ्यौ,' शर्माले विगत सम्झिए, 'मुख्य कुरा वर्षायाममा खेल्ने स्थिति हुँदैन थियो। पानी जमेर हिलाम्मे हुन्थ्यो।'

अहिले प्याराफिटसहितको यस्तो मैदान बन्ला भनेर उनले कल्पना समेत गरेका थिएनन्। 'अहिले यो मैदान देख्दा सपना जस्तो लाग्छ। मैदानमा बर्मुडा घाँस रोप्न मात्र ३७ लाख लागेको छ। अहिले मैदानलाई लेभलिङका गरेर उत्कृष्ट बनाइएको छ,'  प्रदेश ५ को राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक समेत रहेका उनी भन्छन्।

यस्तै मैदान आफ्नै पालामा भइदिएको भए राम्रो खेल्न सकिन्थ्यो कि जस्तो लाग्छ उनलाई। किनकि त्यो बेला कमसल मैदानमा खेलेर विदेशमा भाग लिन जानुपर्दा हतोत्साहित बनेको उनले अनुभव सुनाए। 'विदेशको पूर्वाधार देखेर हामी आत्तिन्थ्यौं। तर अब हामीले क्षेत्रीयस्तरमै अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सक्यौं। जुन खेलाडीका लागि पनि फाइदा हो,' उनी भन्छन्। 

अत्याधुनिक प्याराफिटको रुपमा बनेको नेपालगञ्ज रंगशालाको जग २०३६ सालमा बसेको थियो। यहाँ पहिला ठूलो चौर थियो। वरिपरि जंगल। यही चौरमा स्थानीयबीच फुटबल र क्रिकेट खेल खुब जम्थ्यो।

त्यतिबेलका हस्ती बद्रीनाथ शर्मा, हनी सिद्दिकी, महेन्द्रबहादुर हमाल हस्तीले यहाँ खेल्थे। २०३६ मा राजा वीरेन्द्रले नेपालगञ्ज भ्रमण गरे। त्यही मौकामा यहाँ फुटबल मैदान नभएको विपषयमा राजासँग बिन्ती चढाइयो। त्यसपछि महेन्द्रको आदेशमा जग्गा अधिग्रहण गरेर मैदानका लागि उपलब्ध भयो। जग्गा प्राप्त भएपछि पनि ६ वर्ष चौरमै सीमित रह्यो। 

'२०४२ सालमा मैदानलाई घेर्न कम्पाउन्ड बनाउने काम भयो। त्यसपछि मैदानमा थोरै सुधार गरियो। कम्पाउन्डसँगै समान्य प्याराफिट पनि बन्यो,' शर्माले नेपालगञ्ज रंगशालाको इतिहास खोतले, 'बीचबीचमा विभिन्न प्रतियोगिता हुँदा मैदान सम्याउने घाँस रोप्ने कामहरु भइरहे। त्यसपछि मैदान सुधार गर्ने कामहरु हुन सकेनन्।' 

Ncell 2
Ncell 2

२०५५ सालमा मध्यपश्चिमाञ्चलले चौथो राष्ट्रिय खेलकुद आयोजनाको मौका पायो। मध्यपश्चिमको केन्द्र नेपालगञ्ज भएकाले प्रतियोगिताको उद्घाटन नेपालगञ्जमा हुने तय भयो। जसकारण नेपालगञ्ज रंगशालाले फेरि स्वरुप फेर्ने मौका पायो। मैदान र प्याराफिट थोरबहुत पुन: निर्माण गरियो। मैदानलाई मर्मत गरिनुका साथै प्याराफिटमा पनि सुधार ल्याइयो। त्यसपछि सामान्य मर्मत मात्र भए। राष्ट्रिय खेलकुदका लागि भनेर एथ्लेटिक्स ट्र्याक निर्माण गरियो। त्यतिबेलासम्म मैदानमा फुटबल र क्रिकेटका दुवै खेल हुने गरेका थिए। एक पटक त यही मैदानमा क्रिकेटको राष्ट्रिय प्रतियोगितासमेत आयोजना भयो। तर, २०५५ सालमा  ट्र्याक बनेपछि भने यहाँ क्रिकेट खेल्न बन्द भयो। 

४ बिघा र ४ कठ्ठा क्षेत्रफलमा रहेको रंगशालालाई पहिले महेन्द्र रंगशालाको नामले चिनिन्थ्यो। २०४६ सालपछि मानिसहरुले महेन्द्र रंगशालालाई नेपालगञ्ज रंगशाला भन्न थालेको शर्मा बताउँछन्।

२१ वर्षअघि चौथो राष्ट्रिय खेलकुदमा खासै लागनी नभए पनि आठौं राष्ट्रिय खेलकुदको आयोजना प्रदेश ५ मा हुँदा सबैभन्दा बढी लगानी नेपालगञ्ज रंगशालामा भएको छ। रंगशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। ६ करोड रुपैयाँ मैदान र १८ करोड रुपैयाँ भिआइपी प्याराफिट निर्माणमा खर्च हुँदा मैदानले ४० वर्षपछि नयाँ स्वरुप पाएको छ। अन्तर्राष्ट्रिय मापदन्डअनुसार बनेको दाबी गरिएको नेपालगञ्ज रंगशालामा ३७ लाख रुपैयाँको मात्र बरमुडा दुबो रोपिएको छ। 

अहिले निर्माण गरिएको भिआइपी प्याराफिटको अत्याधुनिक प्रविधिलाई 'ग्रान्ड स्ट्यान्ड' भनिन्छ। स्टिलबाट निर्मित प्याराफिट अहिले युरोपियन देशहरुमा लोकप्रिय छ। नेपालगञ्ज रंगशालाको यो प्याराफिटमा ३ हजार ५ सय व्यक्ति बस्न मिल्छ। 

छोटो सयममा निर्माण गर्न सकिने र कम खर्च लाग्ने भएकाले यो प्रविधिलाई उत्तम मानिएको छ। बजेट निकासा गर्न ढिलाइ भएका कारण निर्माण सम्पन्न गर्न साढे ७ महिना समय लागेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। परिषद्ले 'ग्रान्ड स्यान्ड' खरिदका लागि गत साउनमा प्रक्रिया अघि बढाएको थियो।

सामान्यतया प्याराफिट फिट गर्न ३ महिना लाग्ने गरेको छ। चीनबाट ल्याइएको प्याराफिटका सामान अन्तिम समयमा आइपुगेका कारण नेपालगञ्ज रंगशाला १० दिनभित्र जडान गरिएको थियो। त्यसअघि प्याराफिट राख्नका लागि बेस निर्माण गर्ने काम भएको थियो।

अन्तिम समय जडान गरिएको यो प्रविधि नेपालमा भित्र्याइएको पहिलो पटक हो। 

हाललाई प्याराफिटमा ५० भिआइपी र ५० पत्रकार बस्ने स्ट्यान्ड छ। तर निर्णायक बस्ने कोठा र वासरुम अहिले निर्माण भएको छैन। परिषद्ले आठौं राष्ट्रिय खेलकुद सकिएपछि बाँकी काम सम्पन्न गर्ने जनाएको छ। भूकम्पीय रुपमा सुरक्षित यो प्रविधि कम्तिमा ४० वर्ष टिक्ने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्