काठमाडौं– बद्री पंगेनी र विष्णु माझीको स्वरमा 'मान्छे फकाएर आफ्नो हुँदैन' बोलको गीत सार्वजनिक भएको छ। विनोद बाजुरालीको शब्द र संगीत रहेको गीतको प्रस्तुतकर्ता शम्भु कुँवर हुन्। गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन्। भिडियोमा दिलिप रायमाझी र एलिशा शर्माले अभिनय गरेका छन् । उत्सव दाहालको सिनेमाटोग्राफी रहेको गीतलाई शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।