• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१७ वर्षपछि दिमागी खेलमा प्रथम, पुरुषोत्तम बने नेपाल च्याम्पियन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  १७:०८
1140x725

नेपालगन्ज- बुद्धिचाल (चेस) मा लागेको १७ वर्ष भइसकेको थियो। चेसमा उनको लगाव बढ्दो थियो, तर नतिजा सधैं अपुरो। त्यसो त उनी प्रतियोगितामा कम भाग लिन्थे, करिअरमा बढी केन्द्रित। झन्डै दुई दशक यही खेलमा बिताइरहँदा उनी कहिल्यै प्रथम हुन सकेनन्।

तर, लामो समयको 'खेल साधना'का कारण पुरुषोत्तम चौलागाईले प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बुद्धिचालको खुलातर्फ च्याम्पियन भएर बाजी मारे। 'रिफ्रेसमेन्ट'का लागि भाग लिएका थिए। 'रिफ्रेसमेन्ट'मा लगन र परिश्रमको सम्मिश्रणले नै च्याम्पियन बनेको उनी बताउँछन्। 

उनले कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।  यो उनी र बुद्धिचाल क्षेत्रका लागि एउटा आश्चर्यजनक नतिजा।

'प्रतियोगिताका लागि मैले राम्रो तयारी गरिरहेको थिएँ। मोबाइलमा खेल्नेदेखि इन्टरनेटबाट लाइभ हेरिरहन्थे। घरमा फुर्सद हुँदा चेसका किताब पढिरहन्थे,'  उनले आठौंका लागि गरेको तयारी सुनाए,' खेलिसकेका प्रतिद्वन्द्वीसँग खेल्दा सजिलो भयो। यसपटक कोही अरु खेलाडीले उत्कृष्ट खेल्न पनि सक्नुभएन।' 

नेपाल पुलिसबाट खेलेका उनले पुलिसकै मनीष हमाल दोस्रो र आर्मीका सचिन महर्जनलाई पछि पारे। 

बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा पुरुषोतम अघि रहे। मनीषले पुरुषोत्तम र सचिन दुवैसँग बराबरी खेलेका थिए भने सचिन पुरुषोत्तमसँग पराजित भएका थिए।

उनलाई सुरुवाती चरणमा भने उपाधि जित्छु लागेको लागेको थिएन। 'पहिले त जित्छु जस्तो थिएन। वरीयतामा पनि म पछि थिएँ। अझ प्रतिस्पर्धा नेपाल च्याम्पियनरुसँग थियो,' उनी भन्छन्, 'खेलका दौरान आफू हार्ने सक्ने परिस्थिति हुँदा पनि डटिइरहेँ। एक चाल विपक्षीले देख्नुभएन मैले देखेँ, त्यसैले जित्न सफल भए।' 

प्रतियोगितामा कम भाग लिए पनि बुद्धिचालको लगावमा भने कहिल्यै कमी नआएको उनी बताउँछन्। २०५७ मा प्रवेशिका परीक्षा दिँदाताका बुद्धिचालमा उनको आकर्षण बढेको थियो। सुरुमा घरमा अग्रजहरुले खेलेको देखेका थिए। 'घर वरिपरिका अंकलहरु पनि खेल्नुहुन्थ्यो। त्यहीँदेखि बुद्धिचालमा आकर्षित भएको हुँ,' उनी सम्झन्छन्, 'टोलका भगवतीप्रसाद शर्मा अंकलसँग सम्पर्क भएपछि बुद्धिचालका प्रतियोगितामा भाग लिने अवसर पाएँ।' 

Ncell 2
Ncell 2
nimb
nimb

उनले एसएलसी दिएको बेला घर नजिक ओपन बुद्धिचाल प्रतियोगिता भएको थियो। त्यो प्रतियोगितामा उनले भाग लिए। त्यसपछि उनले बुद्धिचालका विषयमा धेरै थाहा भए। चेसका खेल्नका लागि किताब पढ्नुपर्ने ज्ञान लिए। उनलाई सिनियरहरुले सुझाव दिए, 'तिम्रो राम्रो छ। तर स्टडी पुगेको छैन।'

त्यसपछि उनी किताब खोजेर पढ्न थाले। वर्षमा एक-दुई प्रतियोगिता मात्र खेल्न थालेका उनी त्यहीबीचमा भारतमा गएर पनि पनि खेले। तर कुनै पनि प्रतियोगितामा पहिलो हुन सकेनन्। दोस्रोसम्म नतिजा भने ल्याएका थिए। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट ५ पर्न सकेनन्। जहिल्यै उत्कृष्ट ६ मा पर्थे। अनि उनको ओलम्पियाड खेल्ने सपाना चकनाचुर हुन्थ्यो। बुद्धिचालको विश्वकप मानिने ओलम्पियाडमा नेपालबाट उत्कृष्ट ५ खेलाडीमा भाग लिने अवसर भने पाउने गरेका थिए।

दिमागको खेल
बुद्धिचाल खेल्नका अध्ययन महत्वपूर्ण हुन्छ। उनका अनुसार कुनै व्यक्तिको दिमाग तीक्ष्ण छ भने उसले बुद्धिचाल राम्रो गर्न सक्छ। 'अध्ययनलाई ग्रहण गर्न तपाईंको क्षमता कति हुन्छ, त्यसबाट तपाईं दिमाग प्रयोग गर्न सक्नु हुन्छ,'  नेपाल च्याम्पियन बनेपछि पुरुषोत्तमले आफ्नो विश्लेषण सुनाए, 'अध्ययनलाई गहिरो विश्लेषण कसरी गर्नुहुन्छ भन्ने कुरा बुद्धिचालका खेलाडीबाट थाहा हुन्छ।'

बुद्धिचाल एक स्तरमा जसले पनि खेल्न सक्छ। माथिल्लो स्तरमा प्रतिस्पर्धामा गर्नका लागि खेलाडीको तयारीले निर्धारण गर्छ। तयारी भन्नाले अध्ययन नै हो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'नर्मल बोर्ड सेटअप गर्नुअघि नै तपाईंसँग किताब हुनुपर्‍यो। त्यहाँ हरेक गट्टीको चालको नाम दिइएको हुन्छ। हामीले एउटा चाल चालेपछि विपक्षीले कुन चाल्छ भन्ने कुरा किताबमा लेखिएको हुन्छ,' उनले अनुभव सुनाए, 'चालको विषयमा नै इनसाइक्लोपिडयाभन्दा ठूला किताब हुन्छन्।'

चालको विषयमा राम्रो अध्ययन गर्‍यो भने आँखा चिम्लेरै खेल्न सकिने बताउँछन् उनी। किनकि राम्रो अध्ययनले बोर्डमा कहाँकहाँ गट्टी हुन्छ, नहेरी भन्न सकिन्छ। अर्कोतर्फ साइडलाइनमा पनि धेरै चाल हुन्छ।

किताबको सूत्र अथवा सिद्धान्तबाहिर चाल्ने खेलाडी पनि हुन्छन्?

पुरुषोत्तमको जवाफ छ,' कहिलेकाहीँ विपक्षीले ओपनिङ थ्योरीभन्दा बाहिरको चाल्यो भने कि त्यो गल्ती हो कि नयाँ चाल।'

चेलमा अर्बौं खेल भइसकेका छन्। ती खेल कुनै पनि अर्को खेलसँग मिल्दैन। १०-१५ अथवा २० मुभसम्म एकै चाल हुन सक्छ तर त्यसपछि जहिले पनि नयाँ चाल नै आउने उनी बताउँछन्।

नयाँ चाल आएपछि कसरी चाल्ने, त्यो खेलाडीको अध्ययनमा भर पर्छ। पुरुषोत्तम भन्छन्,'विपक्षीको योजनालाई विफल बनाउने तपाईंको योजना हुनुपर्छ। विपक्षीले देखेको चालमा तपाईंले अर्को चाल देख्नुपर्छ। अथवा विपक्षीलाई थाहा नभएको चाल चल्नुभयो भने तपाईं सफल हुनुहुन्छ।'

दिमागी खेल खेल्दा दैनिक काम गर्न सजिलो हुने पुरुषोत्तमको अनुभव छ। तनावमा रहेको बेला बुद्धिचाल खेल्दा हलुका महसुस हुने गरेको उनी बताउँछन्। 'बैंकिङ सेक्टरमा पनि फाइदा पुगेको छ। सोच्ने दायरा फराकिलो बनाउँदो रहेछ,' बुद्धिचालका फाइदाबारे उनी भन्छन्, 'टिमका लागि केही नयाँ सोच दिन सक्ने क्षमता विकास भएको छ। विश्लेषण गरेर धेरै प्रकारका समस्या समाधानका उपाय दिन सकेको छु।'

बैंकको जागिरे भए पनि नेपाल च्याम्पियन बनेपछि उनले थप जिम्मेवारी बढेको महसुस गरेका छन्। त्यसैले अब जागिर र बुद्धिचालमा उति नै समय दिने उनको सोच छ।

'बच्चामा राम्रोसँग बुद्धिचाल सिक्न पाइन। त्यसपछि करिअरमा फोकस हुनुपर्‍यो। बुद्धिचालाई सोखको रुपमा मात्र लान बाध्य थिएँ। किनकि चेस खेलेर जीवन धान्न त गाह्रो छ,' उनी भन्छन्, 'नेपाल च्याम्पियन राष्ट्र हो। नेपालको नाम र झन्डा लिएर राष्ट्रको प्रतिनिधित्व गर्नेछु।'

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्