• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१७ वर्षपछि दिमागी खेलमा प्रथम, पुरुषोत्तम बने नेपाल च्याम्पियन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  १७:०८
1140x725

नेपालगन्ज- बुद्धिचाल (चेस) मा लागेको १७ वर्ष भइसकेको थियो। चेसमा उनको लगाव बढ्दो थियो, तर नतिजा सधैं अपुरो। त्यसो त उनी प्रतियोगितामा कम भाग लिन्थे, करिअरमा बढी केन्द्रित। झन्डै दुई दशक यही खेलमा बिताइरहँदा उनी कहिल्यै प्रथम हुन सकेनन्।

तर, लामो समयको 'खेल साधना'का कारण पुरुषोत्तम चौलागाईले प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बुद्धिचालको खुलातर्फ च्याम्पियन भएर बाजी मारे। 'रिफ्रेसमेन्ट'का लागि भाग लिएका थिए। 'रिफ्रेसमेन्ट'मा लगन र परिश्रमको सम्मिश्रणले नै च्याम्पियन बनेको उनी बताउँछन्। 

उनले कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।  यो उनी र बुद्धिचाल क्षेत्रका लागि एउटा आश्चर्यजनक नतिजा।

'प्रतियोगिताका लागि मैले राम्रो तयारी गरिरहेको थिएँ। मोबाइलमा खेल्नेदेखि इन्टरनेटबाट लाइभ हेरिरहन्थे। घरमा फुर्सद हुँदा चेसका किताब पढिरहन्थे,'  उनले आठौंका लागि गरेको तयारी सुनाए,' खेलिसकेका प्रतिद्वन्द्वीसँग खेल्दा सजिलो भयो। यसपटक कोही अरु खेलाडीले उत्कृष्ट खेल्न पनि सक्नुभएन।' 

नेपाल पुलिसबाट खेलेका उनले पुलिसकै मनीष हमाल दोस्रो र आर्मीका सचिन महर्जनलाई पछि पारे। 

बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा पुरुषोतम अघि रहे। मनीषले पुरुषोत्तम र सचिन दुवैसँग बराबरी खेलेका थिए भने सचिन पुरुषोत्तमसँग पराजित भएका थिए।

उनलाई सुरुवाती चरणमा भने उपाधि जित्छु लागेको लागेको थिएन। 'पहिले त जित्छु जस्तो थिएन। वरीयतामा पनि म पछि थिएँ। अझ प्रतिस्पर्धा नेपाल च्याम्पियनरुसँग थियो,' उनी भन्छन्, 'खेलका दौरान आफू हार्ने सक्ने परिस्थिति हुँदा पनि डटिइरहेँ। एक चाल विपक्षीले देख्नुभएन मैले देखेँ, त्यसैले जित्न सफल भए।' 

प्रतियोगितामा कम भाग लिए पनि बुद्धिचालको लगावमा भने कहिल्यै कमी नआएको उनी बताउँछन्। २०५७ मा प्रवेशिका परीक्षा दिँदाताका बुद्धिचालमा उनको आकर्षण बढेको थियो। सुरुमा घरमा अग्रजहरुले खेलेको देखेका थिए। 'घर वरिपरिका अंकलहरु पनि खेल्नुहुन्थ्यो। त्यहीँदेखि बुद्धिचालमा आकर्षित भएको हुँ,' उनी सम्झन्छन्, 'टोलका भगवतीप्रसाद शर्मा अंकलसँग सम्पर्क भएपछि बुद्धिचालका प्रतियोगितामा भाग लिने अवसर पाएँ।' 

nimb
nimb
Ncell 2
Ncell 2

उनले एसएलसी दिएको बेला घर नजिक ओपन बुद्धिचाल प्रतियोगिता भएको थियो। त्यो प्रतियोगितामा उनले भाग लिए। त्यसपछि उनले बुद्धिचालका विषयमा धेरै थाहा भए। चेसका खेल्नका लागि किताब पढ्नुपर्ने ज्ञान लिए। उनलाई सिनियरहरुले सुझाव दिए, 'तिम्रो राम्रो छ। तर स्टडी पुगेको छैन।'

त्यसपछि उनी किताब खोजेर पढ्न थाले। वर्षमा एक-दुई प्रतियोगिता मात्र खेल्न थालेका उनी त्यहीबीचमा भारतमा गएर पनि पनि खेले। तर कुनै पनि प्रतियोगितामा पहिलो हुन सकेनन्। दोस्रोसम्म नतिजा भने ल्याएका थिए। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट ५ पर्न सकेनन्। जहिल्यै उत्कृष्ट ६ मा पर्थे। अनि उनको ओलम्पियाड खेल्ने सपाना चकनाचुर हुन्थ्यो। बुद्धिचालको विश्वकप मानिने ओलम्पियाडमा नेपालबाट उत्कृष्ट ५ खेलाडीमा भाग लिने अवसर भने पाउने गरेका थिए।

दिमागको खेल
बुद्धिचाल खेल्नका अध्ययन महत्वपूर्ण हुन्छ। उनका अनुसार कुनै व्यक्तिको दिमाग तीक्ष्ण छ भने उसले बुद्धिचाल राम्रो गर्न सक्छ। 'अध्ययनलाई ग्रहण गर्न तपाईंको क्षमता कति हुन्छ, त्यसबाट तपाईं दिमाग प्रयोग गर्न सक्नु हुन्छ,'  नेपाल च्याम्पियन बनेपछि पुरुषोत्तमले आफ्नो विश्लेषण सुनाए, 'अध्ययनलाई गहिरो विश्लेषण कसरी गर्नुहुन्छ भन्ने कुरा बुद्धिचालका खेलाडीबाट थाहा हुन्छ।'

बुद्धिचाल एक स्तरमा जसले पनि खेल्न सक्छ। माथिल्लो स्तरमा प्रतिस्पर्धामा गर्नका लागि खेलाडीको तयारीले निर्धारण गर्छ। तयारी भन्नाले अध्ययन नै हो।  

'नर्मल बोर्ड सेटअप गर्नुअघि नै तपाईंसँग किताब हुनुपर्‍यो। त्यहाँ हरेक गट्टीको चालको नाम दिइएको हुन्छ। हामीले एउटा चाल चालेपछि विपक्षीले कुन चाल्छ भन्ने कुरा किताबमा लेखिएको हुन्छ,' उनले अनुभव सुनाए, 'चालको विषयमा नै इनसाइक्लोपिडयाभन्दा ठूला किताब हुन्छन्।'

चालको विषयमा राम्रो अध्ययन गर्‍यो भने आँखा चिम्लेरै खेल्न सकिने बताउँछन् उनी। किनकि राम्रो अध्ययनले बोर्डमा कहाँकहाँ गट्टी हुन्छ, नहेरी भन्न सकिन्छ। अर्कोतर्फ साइडलाइनमा पनि धेरै चाल हुन्छ।

किताबको सूत्र अथवा सिद्धान्तबाहिर चाल्ने खेलाडी पनि हुन्छन्?

पुरुषोत्तमको जवाफ छ,' कहिलेकाहीँ विपक्षीले ओपनिङ थ्योरीभन्दा बाहिरको चाल्यो भने कि त्यो गल्ती हो कि नयाँ चाल।'

चेलमा अर्बौं खेल भइसकेका छन्। ती खेल कुनै पनि अर्को खेलसँग मिल्दैन। १०-१५ अथवा २० मुभसम्म एकै चाल हुन सक्छ तर त्यसपछि जहिले पनि नयाँ चाल नै आउने उनी बताउँछन्।

नयाँ चाल आएपछि कसरी चाल्ने, त्यो खेलाडीको अध्ययनमा भर पर्छ। पुरुषोत्तम भन्छन्,'विपक्षीको योजनालाई विफल बनाउने तपाईंको योजना हुनुपर्छ। विपक्षीले देखेको चालमा तपाईंले अर्को चाल देख्नुपर्छ। अथवा विपक्षीलाई थाहा नभएको चाल चल्नुभयो भने तपाईं सफल हुनुहुन्छ।'

दिमागी खेल खेल्दा दैनिक काम गर्न सजिलो हुने पुरुषोत्तमको अनुभव छ। तनावमा रहेको बेला बुद्धिचाल खेल्दा हलुका महसुस हुने गरेको उनी बताउँछन्। 'बैंकिङ सेक्टरमा पनि फाइदा पुगेको छ। सोच्ने दायरा फराकिलो बनाउँदो रहेछ,' बुद्धिचालका फाइदाबारे उनी भन्छन्, 'टिमका लागि केही नयाँ सोच दिन सक्ने क्षमता विकास भएको छ। विश्लेषण गरेर धेरै प्रकारका समस्या समाधानका उपाय दिन सकेको छु।'

बैंकको जागिरे भए पनि नेपाल च्याम्पियन बनेपछि उनले थप जिम्मेवारी बढेको महसुस गरेका छन्। त्यसैले अब जागिर र बुद्धिचालमा उति नै समय दिने उनको सोच छ।

'बच्चामा राम्रोसँग बुद्धिचाल सिक्न पाइन। त्यसपछि करिअरमा फोकस हुनुपर्‍यो। बुद्धिचालाई सोखको रुपमा मात्र लान बाध्य थिएँ। किनकि चेस खेलेर जीवन धान्न त गाह्रो छ,' उनी भन्छन्, 'नेपाल च्याम्पियन राष्ट्र हो। नेपालको नाम र झन्डा लिएर राष्ट्रको प्रतिनिधित्व गर्नेछु।'

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तोलाको ३८ सयले घट्यो सुन
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै
विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भिडबाट होइन : प्रधानमन्त्री
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्