काठमाडौं- फिल्म यात्राको ‘फ्लाइङ फ्लाइङ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा डेब्यु नायिका मलिका महतसँग सलिनमान बनिया रोमान्टिक मुडमा देखिएका छन्। सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा प्रतीक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ। उक्त भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।
सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल लगायतका कलाकारको अभिनय रहेका फिल्म यतिबेला नेपाली हलमा प्रदर्शनरत छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।