• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकालाई ब्लड क्यान्सरः हो कि होइन?, यसरी थाहा पाउनुहोस्

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  १३:०१
1140x725

के तपाईंहरूको बच्चालाई २ साताभन्दा बढी समयदेखि ज्वरो आएको छ? बच्चाले आलश्य मान्छ? या खान मन गर्दैन? अथवा शरीर सेतो भएर गइरहेको छ भने विचार गर्नुस् बच्चालाई एक्युट ल्युकेमिया (रक्त क्यान्सर) भएको हुन सक्छ। यस्ता लक्षण देखा परेको छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ। 

एक्यूट ल्युकेमिया एएलएल, एएमएललगायत गरी विभिन्न प्रकारका हुन्छन्। त्यसमध्येको एक हो, एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया अर्थात् एएलएल। रगतमा हुने तीन प्रकारका रक्तकोषमध्ये सेता रक्तकोष वयस्क हुन नपाई अनियन्त्रित रुपमा शरीरभरि फैलिएपछि एएलएको लक्षण देखा पर्न थाल्छन् । 
वयस्क हुन नपाएका कमसल खालका सेता रक्तकोष हाम्रो हड्डीभित्र रहेको मासीमा फैलिएमा मासीले राम्ररी काम गर्न सक्दैन। मासीले रगतमा हुने तीन प्रकारका रक्तकोष  रातो रक्तकोष, प्लेटलेट र सेतो रक्तकोष बनाउँछ। मासीले काम गर्न नसकेको अवस्थामा  यी तीनै रक्तकोष बन्न पाउँदैन, जसले गर्दा रातो रक्तकोषको अभावमा शरीर सेतो भएर जान्छ र रक्तअल्पता  हुन्छ । प्लेटलेटको अभावमा भने शरीरका विभिन्न भागबाट रगत बग्न थाल्छन् । छालामा राता राता छिर्का तथा निला डाम देखिन्छन्। नाकबाट रगत बग्छ भने बान्ता या दिसा–पिसाबमा रगत जान्छ । यस्तै, खकारमा रगत जाने, मष्तिष्क, फोक्सो, मिर्गौलालगायतका भित्री अंगमा पनि रगत बग्छ। 

वयस्क सेतो रक्तकोषको अभावमा रोगसँग लड्ने क्षमता कम हुन्छ र रुघाखोकी, झाडापखाला, टाईफाइड, कमलपित्त, मेनिन्जाइटिस, कान, घाँटी, आन्द्रा तथा पिसाबको संक्रमण हुन्छ। 

कमसल खालका सेता रक्तकोष शरीरका ग्रन्थी (लिन्फनोड) मा फैलिए घाँटी, छाती तथा कलेजो फियो सुन्निन्छ भने मष्तिष्कमा फैलिए टाउको दुख्ने, बेहोस हुने, काम्ने, शरीरका विभिन्न भाग नचल्ने हुन सक्छ । हड्डीमा फैलिए हाड तथा जोर्नीहरू दुख्ने हुन्छ । यस्तै, फोक्सोमा फैलिए खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, निमोनियाका लक्षण देखा पर्ने तथा कलेजोमा फैलिए जन्डिसका लक्षण देखा पर्छन्। मृगौलामा फैलिए मिर्गौला तथा पिसाबमा खराबी देखिन थादछ। 

रोगका लक्षण : 
२ साता या त्यसभन्दा बढी समयदेखि ज्वरो आउनु, आलस्य हुनु, खान मन नलाग्नु। 
पटक– पटक छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखाला तथा अन्य संक्रमण भइरहनु।
शरीर सेतो भएर जानु वा रक्तअल्पता हुनु।
शरीरका विभिन्न भागमा राता टीका तथा नीला दाग आउनु।
नाक, खकार, दिसा–पिसाबमा रगत आउनु। 
आँखा, मुख या घाँटी सुन्निनु।
सास फेर्न गाह्रो हुनु, सास फुल्नु। 
हाड जोर्नी दुख्नु।
हातखुट्टा लर्बराउनु, कमजोर हुनु वा नचल्नु। 
यस्ता लक्षण देखिए तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।

एएलएलको उपचार कसरी  गरिन्छ  ?
एएलएलको उपाचार केमोथेरापी वा कहिलेकाही रेडियोथेरापीबाट गरिन्छ । विशेष खालका एएलएलमा मासी फेर्नुपर्ने हुन सक्छ, जसलाई बोनम्यारो ट्रान्सप्लान्टेशन भनिन्छ। तर चिन्ता लिननपर्ने कुरा के हो भने धेरैजसो एक्युट लिम्फोप्लास्टिक ल्यूकोमिया (एएलएल) बालबालिकामा निको हुन्छ । केमोथेरापी भनेको औषधि वा विभिन्न रासायनिक पदार्थहरू मुख, नसा, ढाड या अन्य माध्यमबाट शरीरमा दिइ उपचार गर्ने प्रक्रिया हो। यस्तो केमोथेरापी ५ देखि ७ अध्यायमा दिइन्छ । बालिकाहरूमा १०४ हप्ता र बालकलाई  १६५ हप्तासम्म उपचार गर्नुपर्ने हुन्छ । एएलएलको उपचार अटुट रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा गर्नुपर्छ । ‘सपोर्टिभ केयर केमोथेरापी’ एएलएलको उपचारको मेरुदण्ड हो । तर केमाोथेरापी दिँदा विभिन्न समस्या भने उत्पन्न हुनसक्छ।

संक्रमण  
उपचारका क्रममा केमोथेरापी दिँदा बालकको प्रतिरोधात्मक शक्ति कम हुन गई वा बालबालिका कमजोर भई विभिन्न प्रकारका संक्रमण हुन सक्छन्। केमोथेरापीले गर्दा वा सरसफाईको कमीले वा बालबालिकाले पोषिलो स्वच्छ–सफा नखाइदिँदा निमोनिया झाडापखाला, सेप्सिस मेनिडाइटिस, जन्डीस,  पिसाब तथा आन्द्राको संक्रमण, मलेरिया तथा क्षयरोग लाग्न सक्छ । यी रोगहरू किटाणु, जीवाणु, झ्याउ, परजीवी आदिले गराउन सक्छन्। सरसफाईमा ध्यान दिनुका साथै स्वच्छ, पौष्टिक खानेकुरा खानु र विभिन्न प्रकारका एन्टिवायोटिक र अन्य औषधि दिनुपर्ने हुन्छ। 

रक्तअल्पता तथा रक्तश्राव 
उपचारका क्रममा  बालबालिकामा रक्तअल्पता हुनुका साथै विभिन्न ठाउँबाट  रक्तश्राव हुन सक्छ । यस्तै, रगत जम्ने प्रक्रियाहरू बिग्रन सक्छ । यस्तो अवस्थामा बालबालिकालाई रगत वा  रगतका भागहरू (होलब्लड) प्लेटलेट प्याक्डसेल फ्रशफ्रेजन प्लाज्मा आदि  पटक पटक दिनुपर्ने हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कुपोषण तथा पोषण 
अस्पताल आउँदा नै ब्लड क्यान्सर भएका धेरै बालबालिका कुपोषित भइसकेका पाइन्छन् । त्यसमाथि रोग अथवा औषधोपचारका क्रममा बालबालिकाहरू कुपोषित हुन्छन्। त्यसमाथि बालबालिकालाई वाकवाक लाग्ने, बान्ता हुने तथा  खान मन नलाग्ने हुँदा उनीहरू झन् कुपोषित हुन्छन् । यसले गर्दा विभिन्न संक्रमण बढेर विभिन्न प्रकारका रोग लाग्न सक्छन् र झन् कुपोषित हुन सक्छन् । त्यसकारण ब्लड क्यान्सर भएको अवस्थामा बालबालिकाहरूले सफा, स्वच्छ, पोषिलो खानेकुरा खानुपर्छ। मुखले आफैँ खान नसके वा नखाएमा बेजोग्यास्टिक ट्यूब हालेर भए पनि कुपोषित हुनबाट जोगाउनुपर्छ ताकि उनीहरूले केमोथेरापी राम्ररी  धान्न सकुन् र विभिन्न रोगबाट बच्न सकुन् । 

आइमिलाइन/सिमिलाइन ब्लड क्यान्सरमा दिइने धेरै केमोथेरापीका औषधि नसाबाट दिइन्छ । ठीक नसा नपरेमा केमोथेरापीका औषधि नसाबाट बाहिर निस्कन सक्छ र रोग  निको हुन गाह्रो हुन्छ, घाउ पनि हुनसक्छ। बालबालिकाका नसा पाउन गाह्रो हुन्छ, जसले गर्दा कहिलेकाँही उनीहरूलाई पटक–पटक घोच्नुपर्ने हुन्छ । उपयुक्त प्रविधि भने महंगो भए पनि केन्द्रीय धमनीहरुमा लाइन-सेन्ट्रल भेनस लाइन हाल्न सकेमा महिनौं वा वर्षौंसम्म उनीहरूलाई केमोथेरापी दिन वा आकस्मिक रुपमा औषधिहरू रगत वा सिधै विशेषखालका खाद्यपदार्थ सिमिलाइनमार्फत् दिन सजिलो हुन्छ। 

त्यसैले बाबुआमा, अभिभावक, नर्स, असपतालका अन्य कर्मचारी, डाक्टरलगायत सबैको आवश्यक सहयोग पुगेमा बालबालिकाको ब्लड क्यान्सर धेरैजसो निको हुन्छ । तर यसमा सबैले आ–आफ्ना क्षेत्रबाट मिहिनेत गर्नैपर्छ। 

( लेखक बाल क्यान्सर तथा रक्तरोगका वरिष्ठ कन्सल्टेन्ट  हुन्। )

तस्बिरः मिलाप डट ओआरजीबाट

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्