• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन टुक्रिँदैछ परिवार?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  ११:२५
1140x725

मानिसहरु परिवारका लागि केसम्म गर्न सक्दैनन्? परिवारको खुसीका लागि आफ्नो निजी खुसीलाई पनि त्याग्न तयार हुन्छन्। त्यसैले धेरैको लक्ष्य र चाहना हुन्छ- सधैं परिवारको साथमा रहने र खुसी राख्ने। 

यसकारण हामी परिवारलाई सबैभन्दा बढी महत्व दिने गर्छौं।

विश्वका धेरै देशमा परिवारलाई प्राथमिकता दिने संस्कृति छ। केही यस्ता देश पनि छन्, जहाँ बाआमा र तिनका सन्तान पराई जस्तै जीवन बिताउन बाध्य छन्। त्यो त्यहाँको संस्कृतिकै एक हिस्सा पनि हो। जहाँ वृद्ध बाआमालाई साथमा राख्नु निजी जिन्दगीमा अवरोध मानिन्छ।

पछिल्लो केही वर्षमा देखिएको छ, भूमण्डलीकरणको कारण त्यस्ता देशका परिवार विखण्डनतिर उन्मुख छ। जहाँ एक्लै रहनुपर्ने प्रावधान छैन। भारतकै कुरा गर्ने हो भने धेरै संख्यामा यहाँका मानिस रोजगारीको खोजीमा गाउँदेखि सहर या विदेश पलायन भइरहेका छन्। उनीहरुले नचाहँदा नचाहँदै पनि परिवारमा दुरी निर्माण भइरहेको छ। यही अवस्था अन्तर्राष्ट्रिय परिदृश्यमा पनि देखिन्छ। यो अहिलेको अध्ययनको विषय बनेको छ।

ब्रिटेनमा स्ट्यान्ड अलोन नामक एक संस्था छ। जसले परिवारबाट अलग भएका असहाय मानिसहरुलाई सहयोग गर्ने गर्छ। उक्त संस्थाको अध्ययन प्रतिवेदनले भनेको छ, 'ब्रिटेनमा हरेक पाँच परिवारमा कुनै न कुनै एक सदस्य परिवारबाट अलग भइरहेका छन्। यही तरिकाले अमेरिकामा करिब दुई हजार आमा र तिनका सन्तानमा अध्ययन गरिएको थियो। जसमा १० प्रतिशत आमा तिनका सन्तानहरुबाट अलग्गिएका छन्।' 

अर्को एक अमेरिकी अध्ययनले त 'केही समुदायमा आमाबाबु तिनका सन्तानसँग अलग हुनु तलाकजत्तिकै सामान्य हो' भनी उल्लेख गरेको छ। 

आम प्रवृत्ति
स्ट्यान्ड अलोन संस्थाका संस्थापक बेका ब्लैंड आफै पनि यसखाले समस्याबाट ग्रुजिएकी हुन्। आफ्ना आमाबाबुसँग उनको कुनै सम्पर्क छैन। उनी भन्छिन्, 'पाँच वर्षअघि यसबारे कुनै चर्चा नै थिएन।' 

Ncell 2
Ncell 2
nimb
nimb

गुगलमा एक्लोपनसँग सम्बन्धित शब्दको खोजी गर्ने हो भने यो शब्द गुगल ट्रेन्डिङमा सबैभन्दा माथि आउँदैछ। खासगरी क्यानडा, अस्ट्रेलिया र सिंगापुरमा त यो शब्द गुगल खोजीमा धेरै देखिने गरेको छ।

यसको अरु कारणबारे पनि ब्लैंडले बताएकी छन्। उनी भन्छिन्, '२०१८ मा ब्रिटेनका मानिसले आफ्ना देशका राजकुमार प्रिन्स ह्यारीकी पत्नी मेगन मार्कलको बारेमा गुगलमा निकै सर्च गरे। मेगन अमेरिकाको सर्च लिस्टमा दोस्रो नम्बरमा थिइन्।'

खासमा मेगन आफ्ना बुवाबाट अलग भएका कारण पनि चर्चामा थिइन्। बुबासँग उनको साथ-सम्बन्ध सुमधुर थिएन। अरु कैयौं सेलिब्रिटी पनि यसखाले अनुभवबाट गुज्रिइरहेका छन्।

सन् २०१८ मा हलिउड कलाकार एन्थोनी हप्किन्सले अनुभव साटेका थिए कि सायदै उनले आफ्नी छोरीसँग कुरा गरेका छन्। यस्तो प्रवृत्ति चर्चित व्यक्तित्वहरुका साथै आम मानिसको जीवनमा पनि लागू भइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छुट्टिनु र साथ हुनुका कारण
लगभग सबै देशमा आज वृद्धवृद्धाका लागि वृद्धाश्रम बनिरहेका छन्। जहाँ हरेक खालका सहुलियत-सुविधा पनि पाइन्छ। जुन देशमा ठूलो मात्रामा कल्याणकारी सुविधा दिने गरिन्छ, त्यहाँ परिवारका वयस्क सदस्यहरुले वृद्ध बाआमालाई वृद्धाश्रम लगेर राख्नुमा कुनै अफ्ठ्यारो मान्नेछैनन्।

उनीहरुलाई लाग्छ कि हरेक उमेरका मानिसलाई त्यही उमेरको मानिसको जरुरत हुन्छ। त्यसैले वृद्धवृद्धाहरुबीच सम्बन्ध विस्तार गर्नका लागि वृद्धाश्रम नै उपयुक्त हो।

यस्तै, जुन देशमा सरकारले थप कुनै सुविधा बढाएको हुँदैन त्यहाँ वृद्ध, वयस्क र बच्चाहरुबीच मजबुत सम्बन्ध देखिन्छ। एक-अर्काबीचको प्रेम देख्न सकिन्छ। यसको उदाहरण युरोपका केही देशहरु पनि हुन्।

यसका अलावा शिक्षाको उच्च स्तर पनि परिवार अलग गर्ने अर्को एक कारण हो। जुन व्यक्तिसँग राम्रो शिक्षा छ र ऊ अझ राम्रोसँग काम गर्न चाहन्छ भने ऊ अर्को देशमा जान चाहन्छ। यसले आमा-बुवादेखिको दुरी विस्तारै निर्माण हुन थाल्छ। यस्तो परिवारमा आर्थिक रुपमा उनीहरु एक-अर्कामा निर्भर रहन चाहँदैनन्। त्यसैले यसरी अलग्गिनुमा त्यस्ता व्यक्तिले कुनै हिचकिचाहट पनि महसुस गर्दैनन्।

यो पनि देखिन्छ अल्पसंख्यक समुदायका मानिस एक-अर्कासँग निकै नजिक छन्, संयुक्त परिवार भए पनि उनीहरु एउटै छानामुनि बस्नमा आनन्द मान्छन्। यो पनि हुन सक्छ, असुरक्षाका कारण उनीहरु एकै ठाउँ बसेका हुन्!

२० वर्षपछि कस्तो होला समाज?
अनुसन्धानले बताउँछ कि युगान्डामा परिवारका सदस्यहरु छुट्टिने क्रम निकै विस्तार भइरहेको छ। कम्पाला युनिभर्सिटीका अनुसन्धानकर्ता स्टिफन वनडेरा भन्छन्, युगान्डामा परम्परागत संयुक्त परिवार निकै छ। वृद्धहरु पनि सँगै रहने गर्थे। तर, केही दशकयता यसमा निकै परिवर्तन आइसकेको छ।

पहिले संयुक्त परिवारका धेरै सदस्य त युगान्डाको गृहयुद्धको सिकार या एड्सको महामारीमा परेका थिए। अब अवस्था त्यस्तो छैन। अहिले युगान्डामा ५० भन्दा माथि उमेरका करिब ९ प्रतिशत मानिसले एक्लो जीवन बिताउन सुरु गरेका छन्। सायद यसको कारण सहरीकरण पनि हो।

सहरमा संयुक्त परिवारका साथ रहन सम्भव छैन। यसका कारण पनि वृद्धवृद्धाहरु परिवारबाट अलग हुँदै गइरहेका छन्। समय क्रममा यो अवस्था अझ बढ्न सक्छ। 

तर, केही अनुसन्धाता विश्वास गर्छन्, कुनै पनि समाजमा सांस्कृतिक मूल्य निकै मजबुत रहन्छ। त्यो त्यति सजिले अन्त्य हुनेवाला छैन।

त्यसैले जुन समाजमा परिवारका साथ रहने चलन छ, त्यो आज पनि छँदैछ। 'आउने २० वर्षमा यो अवस्थामा पूरै परिवर्तन आउनेवाला छ,' अनुसन्धानकर्ता वनडेरा भन्छन्।

सानो कुराले पनि बिग्रिन्छ घर
समाजमा तलाकको चलन बढ्दो छ भने पारिवारिक विखण्डनको अवस्था फैलँदो। यसका अलावा फरक लिंगीय पहिचान भएका सदस्यहरुलाई परिवारको साथ रहन निकै गाह्रो छ। उनीहरु चुपचाप परिवारबाट अलग हुन चाहन्छन्।

यो पनि होइन कि परिवारको विखण्डन तीव्र गतिमा रातारात भइरहेको छ। तर, बिस्तारै यो क्रम चली नै रहेको छ। कहिलेकाहीँ सानो घटना पनि परिवार टुक्रिनुको कारण बन्न पुग्छ। भन्नलाई सानो घटना भए पनि यसको नतिजा दुरगामी हुन्छ। 

उमेर अन्तरका साथसाथै आमा र सन्ताको मूल्यमा पनि परिवर्तन आउन सक्छ। यदि आमा निकै धार्मिक छिन् भने उनले बच्चालाई पनि सोही संस्कार दिन चाहन्छिन्। तर, यो जरुरी छैन कि बच्चाले त्यही धार्मिक संस्कार अवलम्बन गरोस्। यहीँबाट टकराव सुरु हुन्छ र विस्तारै दुरी बढ्न थाल्छ।


 
यो पनि देखिन्छ, संवादहीनताका कारण पनि आमाबुवा र छोरा-छोरीबीचको सम्बन्धमा दरार आइरहेको छ। 

यसैले पत्तो नै पाइँदैन कि आखिर कारण के हो! यसका अलावा भाइ-बहिनीको फरक स्वभाव वा आमाबुबाको कुनै एक सन्तानप्रतिको बढी मायाको कारण पनि परिवारमा विखण्डन आउन सक्छ।

बन्धनबाट मुक्ति 
छुट्टिनुको नतिजा सधैं खराब हुन्छ भन्ने होइन। धेरै घटनामा यसको नतिजा सकारात्मक पनि पाइन्छ। जस्तो: कुनै समाजमा तलाकलाई राम्रो दृष्टिकोणले हेरिँदैन तर, जटिल सम्बन्धमा रहिरहनुभन्दा सहज त अलग हुनु नै हो। भलै बच्चाका लागि निकै कठिन होला तर पति-पत्नीको जिन्दगीमा यही नै उत्तम पुग्छ। उनीहरुलाई यसले अघि बढ्ने मौका पनि मिल्छ।  

यस्तो अवस्थामा पुरुष वा महिला स्वाभाविक रुपमा बन्धनबाट मुक्त हुन चाहन्छन्। छुट्टिएपछि मात्र उनीहरु त्यो स्वतन्त्रताको मजा लिन सक्छन्।

यो पनि होइन पारिवारिक विछोड स्थायी हो र पूरै परिवार टुक्रिइरहेको छ। केही मानिस कुनै समयपछि फर्किएर परिवारमा पुनर्मिलन भएका घटना पनि छन्। भियतनाममा यस्ता निकै परिवार छन्, जहाँ एलजिबिटी सदस्यलाई आमाबाबुले घरबाट निकालेका छन्। तर, भाइ-बहिनीले तिनलाई साथ दिएका छन्। यसका अलावा परिवारबाट अलग हुनुको मनोवैज्ञानिक प्रभाव पनि छ। यो प्रभाव नै शक्तिशाली बन्छ।

महिलाहरुमा यसको निकै नकारात्मक प्रभाव देखिन्छ। कतिपय परिवार त यस्ता पनि हुन्छन् जो आफ्ना कुरा कसैलाई पनि भन्न चाहँदैनन्।

अनुसन्धानकर्ताहरु भन्छन्, 'कुनै व्यक्तिले परिवारबाट अलग हुने निर्णय गर्छ भने उसको कुनै खास उद्देश्य छ र ऊ आत्मनिर्भर पनि छ। हर कुराको एक नयाँ पक्ष हुन्छ र हरेक पक्षको आफैमा महत्वपूर्ण।'

परिवारबाट टाढिनुको यदि खराब पक्ष छ भने त्यसको फाइदा पनि छ। अलग हुनुले समाजमा आफ्नो पहिचान बनाउन र आफ्नो मर्जीअनुसार जिन्दगी जिउनुको मौका पनि दिन्छ।

(बिबिसी फ्युचरका लागि क्रिस्टिन रोले तयार पारेको यो फिचर फणीन्द्र संगमले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्