• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन टुक्रिँदैछ परिवार?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  ११:२५
1140x725

मानिसहरु परिवारका लागि केसम्म गर्न सक्दैनन्? परिवारको खुसीका लागि आफ्नो निजी खुसीलाई पनि त्याग्न तयार हुन्छन्। त्यसैले धेरैको लक्ष्य र चाहना हुन्छ- सधैं परिवारको साथमा रहने र खुसी राख्ने। 

यसकारण हामी परिवारलाई सबैभन्दा बढी महत्व दिने गर्छौं।

विश्वका धेरै देशमा परिवारलाई प्राथमिकता दिने संस्कृति छ। केही यस्ता देश पनि छन्, जहाँ बाआमा र तिनका सन्तान पराई जस्तै जीवन बिताउन बाध्य छन्। त्यो त्यहाँको संस्कृतिकै एक हिस्सा पनि हो। जहाँ वृद्ध बाआमालाई साथमा राख्नु निजी जिन्दगीमा अवरोध मानिन्छ।

पछिल्लो केही वर्षमा देखिएको छ, भूमण्डलीकरणको कारण त्यस्ता देशका परिवार विखण्डनतिर उन्मुख छ। जहाँ एक्लै रहनुपर्ने प्रावधान छैन। भारतकै कुरा गर्ने हो भने धेरै संख्यामा यहाँका मानिस रोजगारीको खोजीमा गाउँदेखि सहर या विदेश पलायन भइरहेका छन्। उनीहरुले नचाहँदा नचाहँदै पनि परिवारमा दुरी निर्माण भइरहेको छ। यही अवस्था अन्तर्राष्ट्रिय परिदृश्यमा पनि देखिन्छ। यो अहिलेको अध्ययनको विषय बनेको छ।

ब्रिटेनमा स्ट्यान्ड अलोन नामक एक संस्था छ। जसले परिवारबाट अलग भएका असहाय मानिसहरुलाई सहयोग गर्ने गर्छ। उक्त संस्थाको अध्ययन प्रतिवेदनले भनेको छ, 'ब्रिटेनमा हरेक पाँच परिवारमा कुनै न कुनै एक सदस्य परिवारबाट अलग भइरहेका छन्। यही तरिकाले अमेरिकामा करिब दुई हजार आमा र तिनका सन्तानमा अध्ययन गरिएको थियो। जसमा १० प्रतिशत आमा तिनका सन्तानहरुबाट अलग्गिएका छन्।' 

अर्को एक अमेरिकी अध्ययनले त 'केही समुदायमा आमाबाबु तिनका सन्तानसँग अलग हुनु तलाकजत्तिकै सामान्य हो' भनी उल्लेख गरेको छ। 

आम प्रवृत्ति
स्ट्यान्ड अलोन संस्थाका संस्थापक बेका ब्लैंड आफै पनि यसखाले समस्याबाट ग्रुजिएकी हुन्। आफ्ना आमाबाबुसँग उनको कुनै सम्पर्क छैन। उनी भन्छिन्, 'पाँच वर्षअघि यसबारे कुनै चर्चा नै थिएन।' 

Ncell 2
Ncell 2

गुगलमा एक्लोपनसँग सम्बन्धित शब्दको खोजी गर्ने हो भने यो शब्द गुगल ट्रेन्डिङमा सबैभन्दा माथि आउँदैछ। खासगरी क्यानडा, अस्ट्रेलिया र सिंगापुरमा त यो शब्द गुगल खोजीमा धेरै देखिने गरेको छ।

यसको अरु कारणबारे पनि ब्लैंडले बताएकी छन्। उनी भन्छिन्, '२०१८ मा ब्रिटेनका मानिसले आफ्ना देशका राजकुमार प्रिन्स ह्यारीकी पत्नी मेगन मार्कलको बारेमा गुगलमा निकै सर्च गरे। मेगन अमेरिकाको सर्च लिस्टमा दोस्रो नम्बरमा थिइन्।'

खासमा मेगन आफ्ना बुवाबाट अलग भएका कारण पनि चर्चामा थिइन्। बुबासँग उनको साथ-सम्बन्ध सुमधुर थिएन। अरु कैयौं सेलिब्रिटी पनि यसखाले अनुभवबाट गुज्रिइरहेका छन्।

सन् २०१८ मा हलिउड कलाकार एन्थोनी हप्किन्सले अनुभव साटेका थिए कि सायदै उनले आफ्नी छोरीसँग कुरा गरेका छन्। यस्तो प्रवृत्ति चर्चित व्यक्तित्वहरुका साथै आम मानिसको जीवनमा पनि लागू भइरहेको छ। 

छुट्टिनु र साथ हुनुका कारण
लगभग सबै देशमा आज वृद्धवृद्धाका लागि वृद्धाश्रम बनिरहेका छन्। जहाँ हरेक खालका सहुलियत-सुविधा पनि पाइन्छ। जुन देशमा ठूलो मात्रामा कल्याणकारी सुविधा दिने गरिन्छ, त्यहाँ परिवारका वयस्क सदस्यहरुले वृद्ध बाआमालाई वृद्धाश्रम लगेर राख्नुमा कुनै अफ्ठ्यारो मान्नेछैनन्।

उनीहरुलाई लाग्छ कि हरेक उमेरका मानिसलाई त्यही उमेरको मानिसको जरुरत हुन्छ। त्यसैले वृद्धवृद्धाहरुबीच सम्बन्ध विस्तार गर्नका लागि वृद्धाश्रम नै उपयुक्त हो।

यस्तै, जुन देशमा सरकारले थप कुनै सुविधा बढाएको हुँदैन त्यहाँ वृद्ध, वयस्क र बच्चाहरुबीच मजबुत सम्बन्ध देखिन्छ। एक-अर्काबीचको प्रेम देख्न सकिन्छ। यसको उदाहरण युरोपका केही देशहरु पनि हुन्।

यसका अलावा शिक्षाको उच्च स्तर पनि परिवार अलग गर्ने अर्को एक कारण हो। जुन व्यक्तिसँग राम्रो शिक्षा छ र ऊ अझ राम्रोसँग काम गर्न चाहन्छ भने ऊ अर्को देशमा जान चाहन्छ। यसले आमा-बुवादेखिको दुरी विस्तारै निर्माण हुन थाल्छ। यस्तो परिवारमा आर्थिक रुपमा उनीहरु एक-अर्कामा निर्भर रहन चाहँदैनन्। त्यसैले यसरी अलग्गिनुमा त्यस्ता व्यक्तिले कुनै हिचकिचाहट पनि महसुस गर्दैनन्।

यो पनि देखिन्छ अल्पसंख्यक समुदायका मानिस एक-अर्कासँग निकै नजिक छन्, संयुक्त परिवार भए पनि उनीहरु एउटै छानामुनि बस्नमा आनन्द मान्छन्। यो पनि हुन सक्छ, असुरक्षाका कारण उनीहरु एकै ठाउँ बसेका हुन्!

२० वर्षपछि कस्तो होला समाज?
अनुसन्धानले बताउँछ कि युगान्डामा परिवारका सदस्यहरु छुट्टिने क्रम निकै विस्तार भइरहेको छ। कम्पाला युनिभर्सिटीका अनुसन्धानकर्ता स्टिफन वनडेरा भन्छन्, युगान्डामा परम्परागत संयुक्त परिवार निकै छ। वृद्धहरु पनि सँगै रहने गर्थे। तर, केही दशकयता यसमा निकै परिवर्तन आइसकेको छ।

पहिले संयुक्त परिवारका धेरै सदस्य त युगान्डाको गृहयुद्धको सिकार या एड्सको महामारीमा परेका थिए। अब अवस्था त्यस्तो छैन। अहिले युगान्डामा ५० भन्दा माथि उमेरका करिब ९ प्रतिशत मानिसले एक्लो जीवन बिताउन सुरु गरेका छन्। सायद यसको कारण सहरीकरण पनि हो।

सहरमा संयुक्त परिवारका साथ रहन सम्भव छैन। यसका कारण पनि वृद्धवृद्धाहरु परिवारबाट अलग हुँदै गइरहेका छन्। समय क्रममा यो अवस्था अझ बढ्न सक्छ। 

तर, केही अनुसन्धाता विश्वास गर्छन्, कुनै पनि समाजमा सांस्कृतिक मूल्य निकै मजबुत रहन्छ। त्यो त्यति सजिले अन्त्य हुनेवाला छैन।

त्यसैले जुन समाजमा परिवारका साथ रहने चलन छ, त्यो आज पनि छँदैछ। 'आउने २० वर्षमा यो अवस्थामा पूरै परिवर्तन आउनेवाला छ,' अनुसन्धानकर्ता वनडेरा भन्छन्।

सानो कुराले पनि बिग्रिन्छ घर
समाजमा तलाकको चलन बढ्दो छ भने पारिवारिक विखण्डनको अवस्था फैलँदो। यसका अलावा फरक लिंगीय पहिचान भएका सदस्यहरुलाई परिवारको साथ रहन निकै गाह्रो छ। उनीहरु चुपचाप परिवारबाट अलग हुन चाहन्छन्।

यो पनि होइन कि परिवारको विखण्डन तीव्र गतिमा रातारात भइरहेको छ। तर, बिस्तारै यो क्रम चली नै रहेको छ। कहिलेकाहीँ सानो घटना पनि परिवार टुक्रिनुको कारण बन्न पुग्छ। भन्नलाई सानो घटना भए पनि यसको नतिजा दुरगामी हुन्छ। 

उमेर अन्तरका साथसाथै आमा र सन्ताको मूल्यमा पनि परिवर्तन आउन सक्छ। यदि आमा निकै धार्मिक छिन् भने उनले बच्चालाई पनि सोही संस्कार दिन चाहन्छिन्। तर, यो जरुरी छैन कि बच्चाले त्यही धार्मिक संस्कार अवलम्बन गरोस्। यहीँबाट टकराव सुरु हुन्छ र विस्तारै दुरी बढ्न थाल्छ।


 
यो पनि देखिन्छ, संवादहीनताका कारण पनि आमाबुवा र छोरा-छोरीबीचको सम्बन्धमा दरार आइरहेको छ। 

यसैले पत्तो नै पाइँदैन कि आखिर कारण के हो! यसका अलावा भाइ-बहिनीको फरक स्वभाव वा आमाबुबाको कुनै एक सन्तानप्रतिको बढी मायाको कारण पनि परिवारमा विखण्डन आउन सक्छ।

बन्धनबाट मुक्ति 
छुट्टिनुको नतिजा सधैं खराब हुन्छ भन्ने होइन। धेरै घटनामा यसको नतिजा सकारात्मक पनि पाइन्छ। जस्तो: कुनै समाजमा तलाकलाई राम्रो दृष्टिकोणले हेरिँदैन तर, जटिल सम्बन्धमा रहिरहनुभन्दा सहज त अलग हुनु नै हो। भलै बच्चाका लागि निकै कठिन होला तर पति-पत्नीको जिन्दगीमा यही नै उत्तम पुग्छ। उनीहरुलाई यसले अघि बढ्ने मौका पनि मिल्छ।  

यस्तो अवस्थामा पुरुष वा महिला स्वाभाविक रुपमा बन्धनबाट मुक्त हुन चाहन्छन्। छुट्टिएपछि मात्र उनीहरु त्यो स्वतन्त्रताको मजा लिन सक्छन्।

यो पनि होइन पारिवारिक विछोड स्थायी हो र पूरै परिवार टुक्रिइरहेको छ। केही मानिस कुनै समयपछि फर्किएर परिवारमा पुनर्मिलन भएका घटना पनि छन्। भियतनाममा यस्ता निकै परिवार छन्, जहाँ एलजिबिटी सदस्यलाई आमाबाबुले घरबाट निकालेका छन्। तर, भाइ-बहिनीले तिनलाई साथ दिएका छन्। यसका अलावा परिवारबाट अलग हुनुको मनोवैज्ञानिक प्रभाव पनि छ। यो प्रभाव नै शक्तिशाली बन्छ।

महिलाहरुमा यसको निकै नकारात्मक प्रभाव देखिन्छ। कतिपय परिवार त यस्ता पनि हुन्छन् जो आफ्ना कुरा कसैलाई पनि भन्न चाहँदैनन्।

अनुसन्धानकर्ताहरु भन्छन्, 'कुनै व्यक्तिले परिवारबाट अलग हुने निर्णय गर्छ भने उसको कुनै खास उद्देश्य छ र ऊ आत्मनिर्भर पनि छ। हर कुराको एक नयाँ पक्ष हुन्छ र हरेक पक्षको आफैमा महत्वपूर्ण।'

परिवारबाट टाढिनुको यदि खराब पक्ष छ भने त्यसको फाइदा पनि छ। अलग हुनुले समाजमा आफ्नो पहिचान बनाउन र आफ्नो मर्जीअनुसार जिन्दगी जिउनुको मौका पनि दिन्छ।

(बिबिसी फ्युचरका लागि क्रिस्टिन रोले तयार पारेको यो फिचर फणीन्द्र संगमले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्