लन्डन- युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्यव लिभरपुल र टोटनह्याम सेमिफाइनलमा प्रवेश गरेका छन्।
लिभरपुलले एएसी पोर्टोलाई समग्रमा ६-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो लेगमा २-० जित निकालेको लिभरपुल दोस्रो लेगमा ४-१ ले विजयी भयो।
दोस्रो लेगमा लिभरपुलका लागि साडियो मानेले २६ मिनेटमा पहिलो गोल गरे। ६५ मिनेटमा सलाहले दोस्रो गोल गर्दा रोबर्टो फिर्मिनोले ७७ मिनेटमा अर्को गोल थपे। लिभरपुलका लागि चौथो गवल भान डेकले ८४ मिनेटमा गरेका थिए।
यता टोटनह्यामले म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पारेर अन्तिम चारमा स्थान पक्का गरेको छ। समग्रमा खेल ४-४ गोलको बराबरीमा सकिएपनि टोटनह्याम अवे गोलमा अघि रह्यो। पहिलो लेगमा सिटी १-० ले पराजित भएको थियो। घरेलु मैदानमा खेलिएको दोस्रो लेगमा ४-३ को जित निकाले पनि सिटीलाई अन्तिम चारम पुग्न पर्याप्त हुन सकेन।
दोस्रो लेगमा सिटीका लागि रहिम स्टर्लिङले चौथो र १२ मिनेटमा गरी २ गोल गरे। बर्नान्डो सिल्भाले ११ मिनेटमा गोल गरेका थिए। अग्युरोले ५९ मिनेटमा अर्को गोल गरेपछि सिटि सहज स्थितिमा थियो। यद्यपी सिटीका लागि सन हुएङ मिनले ७ र १० मिनेटमा गरी २ गोल गरेका थिए। लोरन्तेले ७३ मिनेटमा गोल गर्दा टोटनह्यामलाई अवे गोलको फाइदा पुग्यो।
सेमिफाइनलमा अब बार्सिलोना र लिभरपुल तथा टोटनह्याम र आजाक्सबिच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।