• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बाँकेमा ४८ करोडकाे खेल पूर्वाधार तयार, राखेप भन्छ- प्रतियाेगिताका लागि अब पूर्वाधार बाधक छैन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  ०८:०७
1140x725

निर्माणाधीन नेपालगञ्ज रंगशाला। 


राँझा- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा ४८ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन्।

नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन्।

बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगञ्ज रङ्गशाला निर्माण भएको छ। रङ्गशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। ६ करोड रुपैयाँ लागतमा फुटबल मैदान र १८ करोड रुपैयाँमा भीआइपी प्याराफिट निर्माण भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए।

उनका अनुसार नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि ३६ लाख रुपैयाँको बरमुडा दुबो रोपिएको छ। यसले फुटबल मैदान अन्तर्राष्ट्रिय मापदण्डको बनेको छ। रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक करोडाैंको लगानीमा पौडीपोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माणकार्य भएको छ। १४ करोड २८ लाख रुपैयाँ बजेटमा रङ्गशाला छेउमा पौडी पोखरी निर्माण भएको छ। त्यसैगरी १ करोड ५० लाख रुपैयाँको लगानीमा सुटिङ रेञ्ज तयारी अवस्थामा पुगेको अध्यक्ष वलीले जानकारी दिए।

नेपालगञ्जकै कारकाँदोमा २ करोड रुपैयाँमा जुडो एकेडेमी निर्माण भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेको खजुरा सीतापुरमा २ करोड ५० लाख रुपैयाँको लगानीमा भलिबल रङ्गशाला निर्माण भएको छ।

यसैगरी कोहलपुरमा १ करोड ५० लाख रुपैयाँको लगानीमा क्रिकेट मैदान तयार भएको छ। यही मैदानमा बुधबारदेखि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेल सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर निर्माणाधीन खेलकुद पूर्वाधारमा नेपालको खेलकुद इतिहासमै सबैभन्दा धेरै लगानी भएको बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

सदस्यसचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलोपटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिए। उनले निर्माणाधीन भौतिक पूर्वाधारको निर्माणकार्य अधिकांश सकिएको बताए।

'भिआइपी प्यारापिटको निर्माणकार्य पूरा हुँदैछ', सदस्यसचिव विष्टले भने, 'पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौँ, प्रतियोगिता गर्न अब पूर्वाधार बाधक छैन, यसमा सबैले साथ दिन जरुरी छ।' उनले प्रतियोगिता आयोजना हुने स्थानको शतप्रतिशत पूर्वाधार निर्माण भइसकेको बताए।

रङ्गशाला बेलझुण्डीमा, खेल घोराहीमा

आठौँ राष्ट्रिय खेलकुदका लागि दाङको बेलझुण्डीमा रङ्गशाला निर्माण भएको भए पनि खेल भने घोराहीमा हुने भएको छ। समयमै निर्माणकार्य पूरा नभएपछि राष्ट्रिय खेलअन्तर्गत महिला फुटबल प्रतियोगिता घोराहीको भरतपुर मैदानमा हुने भएको हो। राखेपले बेलझुण्डी रङ्गशालामा महिला फुटबल प्रतियोगिताको अन्तिम खेल खेलाउने भनी संरचना निर्माण गरे पनि निर्धारित समयसम्म काम पूरा नभएपछि महिला फुटबलका केही खेल घोराहीमा हुनेछन् भने केही बेलझुण्डीमा हुने भएका छन्।

बुधबारदेखि राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिता दाङमा सुरु भएको छ। लिगका खेल घोराही र कपिलवस्तुमा हुने भए पनि सेमिफाइनल र फाइनलका खेल भने बेलझुण्डी रङ्गशालामै हुने दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए। अर्कोतर्फ बेलझुण्डी रङ्गशालामा एथलेटिक्सका खेल हुने भएकाले पनि एकैपटक दुई खेल खेलाउन नमिल्ने भएकाले घोराहीमा फुटबल खेल खेलाउन लागिएको उनले प्रष्ट्याए।

'बेलझुण्डी रङ्गशालामा एथलेटिक्स खेल पनि हुन्छ, त्यसैले हामीले बेलझुण्डीमा एथलेटिक्स खेल खेलाउने छौँ', उनले भने, 'फाइनल र सेमिफाइनलको खेल भने बेलझुण्डीमै हुनेछन्।'

उनका अनुसार यही बैसाख ७ देखि ११ गतेसम्म हुने सेमीफाइनल र फाइनलका खेल उक्त रङ्गशालामै हुनेछन्। साथै बिहान घोराहीमा खेल हुने र साँझ बेलझुण्डीमै हुने गरी खेल तालिका बनाइएको समेत उनले बताए। बेलझुण्डी रङ्गशाला निर्माणको काम अझै पूरा हुनसकेको छैन।

फुटबल र एथलेटिक्स खेलका लागि मात्रै संचरना निर्माण भएको भए पनि अन्य संरचना निर्माणको काम भने खेलपछि मात्रै पूरा गर्ने योजना रहेको निर्माण कम्पनीका प्रतिनिधिले बताए।

बुधबार राष्ट्रिय खेलअन्तर्गत तीन खेल भएका छन्। यसअघि दाङको घोराहीमा भएको टेबलटेनिस खेल पूरा भइसकेको छ भने बास्केटबल चलिरहेको छ। त्यस्तै आजदेखि कराँते, एथलेटिक्सका खेल सुरु हुनेछन्। रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्