• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बाँकेमा ४८ करोडकाे खेल पूर्वाधार तयार, राखेप भन्छ- प्रतियाेगिताका लागि अब पूर्वाधार बाधक छैन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  ०८:०७
1140x725

निर्माणाधीन नेपालगञ्ज रंगशाला। 


राँझा- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा ४८ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन्।

नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन्।

बाँकेमा सबैभन्दा ठूलो लगानीमा नेपालगञ्ज रङ्गशाला निर्माण भएको छ। रङ्गशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। ६ करोड रुपैयाँ लागतमा फुटबल मैदान र १८ करोड रुपैयाँमा भीआइपी प्याराफिट निर्माण भइरहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए।

उनका अनुसार नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि ३६ लाख रुपैयाँको बरमुडा दुबो रोपिएको छ। यसले फुटबल मैदान अन्तर्राष्ट्रिय मापदण्डको बनेको छ। रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक करोडाैंको लगानीमा पौडीपोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माणकार्य भएको छ। १४ करोड २८ लाख रुपैयाँ बजेटमा रङ्गशाला छेउमा पौडी पोखरी निर्माण भएको छ। त्यसैगरी १ करोड ५० लाख रुपैयाँको लगानीमा सुटिङ रेञ्ज तयारी अवस्थामा पुगेको अध्यक्ष वलीले जानकारी दिए।

नेपालगञ्जकै कारकाँदोमा २ करोड रुपैयाँमा जुडो एकेडेमी निर्माण भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेको खजुरा सीतापुरमा २ करोड ५० लाख रुपैयाँको लगानीमा भलिबल रङ्गशाला निर्माण भएको छ।

यसैगरी कोहलपुरमा १ करोड ५० लाख रुपैयाँको लगानीमा क्रिकेट मैदान तयार भएको छ। यही मैदानमा बुधबारदेखि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेल सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर निर्माणाधीन खेलकुद पूर्वाधारमा नेपालको खेलकुद इतिहासमै सबैभन्दा धेरै लगानी भएको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

सदस्यसचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलोपटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिए। उनले निर्माणाधीन भौतिक पूर्वाधारको निर्माणकार्य अधिकांश सकिएको बताए।

'भिआइपी प्यारापिटको निर्माणकार्य पूरा हुँदैछ', सदस्यसचिव विष्टले भने, 'पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौँ, प्रतियोगिता गर्न अब पूर्वाधार बाधक छैन, यसमा सबैले साथ दिन जरुरी छ।' उनले प्रतियोगिता आयोजना हुने स्थानको शतप्रतिशत पूर्वाधार निर्माण भइसकेको बताए।

रङ्गशाला बेलझुण्डीमा, खेल घोराहीमा

आठौँ राष्ट्रिय खेलकुदका लागि दाङको बेलझुण्डीमा रङ्गशाला निर्माण भएको भए पनि खेल भने घोराहीमा हुने भएको छ। समयमै निर्माणकार्य पूरा नभएपछि राष्ट्रिय खेलअन्तर्गत महिला फुटबल प्रतियोगिता घोराहीको भरतपुर मैदानमा हुने भएको हो। राखेपले बेलझुण्डी रङ्गशालामा महिला फुटबल प्रतियोगिताको अन्तिम खेल खेलाउने भनी संरचना निर्माण गरे पनि निर्धारित समयसम्म काम पूरा नभएपछि महिला फुटबलका केही खेल घोराहीमा हुनेछन् भने केही बेलझुण्डीमा हुने भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबारदेखि राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिता दाङमा सुरु भएको छ। लिगका खेल घोराही र कपिलवस्तुमा हुने भए पनि सेमिफाइनल र फाइनलका खेल भने बेलझुण्डी रङ्गशालामै हुने दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए। अर्कोतर्फ बेलझुण्डी रङ्गशालामा एथलेटिक्सका खेल हुने भएकाले पनि एकैपटक दुई खेल खेलाउन नमिल्ने भएकाले घोराहीमा फुटबल खेल खेलाउन लागिएको उनले प्रष्ट्याए।

'बेलझुण्डी रङ्गशालामा एथलेटिक्स खेल पनि हुन्छ, त्यसैले हामीले बेलझुण्डीमा एथलेटिक्स खेल खेलाउने छौँ', उनले भने, 'फाइनल र सेमिफाइनलको खेल भने बेलझुण्डीमै हुनेछन्।'

उनका अनुसार यही बैसाख ७ देखि ११ गतेसम्म हुने सेमीफाइनल र फाइनलका खेल उक्त रङ्गशालामै हुनेछन्। साथै बिहान घोराहीमा खेल हुने र साँझ बेलझुण्डीमै हुने गरी खेल तालिका बनाइएको समेत उनले बताए। बेलझुण्डी रङ्गशाला निर्माणको काम अझै पूरा हुनसकेको छैन।

फुटबल र एथलेटिक्स खेलका लागि मात्रै संचरना निर्माण भएको भए पनि अन्य संरचना निर्माणको काम भने खेलपछि मात्रै पूरा गर्ने योजना रहेको निर्माण कम्पनीका प्रतिनिधिले बताए।

बुधबार राष्ट्रिय खेलअन्तर्गत तीन खेल भएका छन्। यसअघि दाङको घोराहीमा भएको टेबलटेनिस खेल पूरा भइसकेको छ भने बास्केटबल चलिरहेको छ। त्यस्तै आजदेखि कराँते, एथलेटिक्सका खेल सुरु हुनेछन्। रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्