काठमाडौं- बालाचतुर्दशी पर्वलाई पशुपति क्षेत्र विकास कोषले व्यवस्थित रुपमा मनाउने प्रबन्ध मिलाएको छ।
आज पत्रकार सम्मेलन गर्दै बिहीबार साँझ दिवंगत आत्माको सम्झनामा सहज रुपमा दीप प्रज्वलनको व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।
जाग्राम बसेर बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेनाको सहयोगमा पशुपति विकास क्षेत्र परिसरमा पालको व्यवस्था गरिएको छ। जाग्राम बस्न नभ्याउनेहरुलाई रातभर दीप प्रज्वलनका लागि एक हजार रुपैयाँ शुल्क लिएर कोषले नै स्वयंसेवक खटाउने कोषका कार्यकारी निर्देशक रमेशप्रसाद उप्रेतीले जानकारी दिए। राति बस्न नसक्ने वा नभ्याउनेहरुका लागि स्वयंसेवकले नै दीप बाल्नेछन्।
सतबीज छर्न आउने भक्तजनहरुलाई कोषले छालाको सामग्री लगाएर नआउन अनुरोध गरेको छ। कोषले भक्तजनहरुको सुरक्षाका लागि एकीकृत सुरक्षा व्यवस्था मिलाएको छ।
पत्रकार सम्मेलनको भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।