• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

म्यानपावरको बदमासी : खाडी पुगेका युवा जेल जीवन बिताएर रित्तै फर्किए

‘खाली हात भए पनि धन्न ज्यान जोगाएर फर्कियौं'
64x64
नेपाल लाइभ बुधबार, वैशाख ४, २०७६  १०:३७
1140x725

काठमाडौं- आफूसँग सामान्य लेखपढ गर्न सक्नेसम्मको पढाइ थिएन। पढाइ नहुँदा देशमा भनेजस्तो काम र कमाइ नभएपछि मकवानपुर कुलेखानी-५ का छिरिङ तितुङले विदेश जाने सोच बनाए। 

उनीसँगै गाँउकै साथीहरु कुमार घागा मगर, बाबुकाजी घागा मगर र विमानसिंह थिङ पनि काठमाडौं आए। 

विदेश जाने सपना देखिसकेका उनीहरु लागे म्यानपावर कम्पनीको खोजीमा। यसै क्रममा उनीहरु पुगे, महाराजगन्ज चक्रपथस्थित रिलायन्स रिक्रुइमेन्ट सर्भिस प्रालि (लाइसेन्स नम्बर ९७१०६७०६८)। उक्त म्यानपावरका एजेन्टले साउदीको राम्रो कम्पनीका लागि कामदार मागेको सुनाए।

क्लिनर काममा मासिक ८ सय रियाल तलब र खानेबस्ने सेवासुविधा लगायत आकर्षक प्रलोभन देखाइयो। उनीहरुसँगै सिन्धुपाल्चोक सुनखानी गाविसका क्षेत्रध्वज खत्री पनि साउदी रोजगारीका लागि जान तयार भए। 

नेपालमा भनेजस्तो काम नपाएका कारण परदेशमा सजिलो क्लिनर काम र कमाइ पनि राम्रो भएकाले सबै फुरुंग भए। उनीहरुले म्यानपावर कम्पनीले मागेको प्रतिव्यक्ति ६० हजारभन्दा बढी रकम बुझाए। 

सबै डकुमेन्टहरु मिलाएर उनीहरु क्लिनर कामका लागि सन् १० मार्च २०१६ मा साउदीका लागि उडे। 

जब उनीहरु साउदी पुगे। समझदारी भन्दा निकै कठिन काम लगाइयो। 

OOO

Ncell 2
Ncell 2

छिरिङ लगायत पाँचै जनालाई म्यानपावर कम्पनीले क्लिनर कामका लागि भन्दै समझदारी गरेर पठाएको थियो। सम्झौतापत्रमा मासिक ८ सय रियाल तलब उल्लेख गरिएको थियो। दैनिक ८ घन्टा, हप्तामा ६ दिन काम। खाने बस्ने कम्पनीले व्यवस्था गर्ने। आउनेजाने निःशुल्क हवाई सेवा लगायत सुविधा उल्लेख गरिएको थियो।

उनीहरुलाई त्यहाँ निर्माण सम्बन्धी कठिन काममा लगाइयो। दैनिक १२ घन्टाभन्दा बढी काम गर्न बाध्य पारियो। तर तलब दिइएन। खान बस्नसमेत आफ्नै रकमबाट खर्च गर्नुपर्ने भयो।

थोमन अल्फा एडिसनले भनेझैं ‘कठिन परिश्रमको कुनै विकल्प हुँदैन।’ परदेशमा काम गरेर परिवारमा खुसी ल्याउने सपना बोकेर गइसकेकाले उनीहरु पनि जस्तोसुकै कठिन काम गर्न समेत तयार भए। 

मकवानपुरका छिरिङ तितुङ भन्छन्, ‘काम त जस्तो लगाए पनि गरियो तर तलब पाइएन, अर्काको मुलुक खाडीमा पुगेर पनि बिना पैसा कतिदिन काम गर्नु, भोकै काम गर्न कति सकिन्छ र?’ 

कम्पनीमा खान, बस्न कुनै टुंगो नभई काम मात्रै गर्नुपरेपछि उनीहरुले म्यानपावर कम्पनीमा आफूहरु समस्यामा परेका कुरा सुनाए। आफूहरु अलपत्र परेपछि म्यानपावरमा समस्यामा परेको खबर सुनाउँदा समेत बेवास्ता गरेको साउदीबाट फर्किएका सिन्धुपाल्चोकका क्षेत्रध्वज खत्रीले बताए।

‘भनेजस्तो काम थिएन, त्यही काम पनि झन्डै ३ वर्षसम्म गरियो तलब पाइएन,' उनी भन्छन्, 'पैसा नभएपछि तत्काल नेपाल आउने मौका पनि पाइएन।’

काम गरेको महिनौंपछि एकपटक कम्पनीले १२ सय रियाल दिएको अर्का पीडित छिरिङले बताए। 'साथीहरुले मोबाइल किनेछन्। पछि खान पनि समस्या भयो। मैले त धन्न खर्च नगरी राखेको थिएँ, त्यही पैसाले खान भयो,’ उनले सुनाए।

पैसासँग श्रम साट्न गएका उनीहरु समस्यामा मात्रै परेनन्। साउदीको जेलमा समेत परे। 

कम्पनीले आप्रवासी कामदारले पाउने परिचयपत्र (अकामा) समेत नवीकरण नगरिदिएपछि उनीहरु अवैधानिक रुपमा काम गर्न बाध्य थिए। साउदीमा अकामा नभएका आप्रवासी कामदारहरु स्वतः अवैध ठहरिन्छन्। यसकारण उनीहरु पाँचैजना  जेल परे। 

दुई पटक गरेर उनीहरु झन्डै २ महिना जेल बस्न बाध्य भए। 

सम्बन्धित निकायको बेवास्ताले थप पीडा 
आफैंले रोजगारीका लागि विदेश पठाएका श्रमिकहरु समस्यामा पर्दा म्यानपावर कम्पनीले उद्धारका लागि कुनै चासो नदेखाउने गरेका धेरै गुनासाहरु पीडितहरुबाट आउने गरेका छन्। नेपालबाट विदेश पठाएपछि आफ्नो जिम्मेवारी सकिएको जस्तो गर्ने म्यानपावर कम्पनीको व्यवहारबाट उनीहरु पनि थप पीडामा परे।

उनीहरुलाई कम्पनीले अकामा नवीकरण नगरिदिएको र जुनसुकै बेला पनि अवैध ठहरिएर आफूहरु जेल पर्ने भन्दै म्यानपावर कम्पनीमा जानकारी गराएका थिए। तर बेवास्ता गरेको उनीहरु बताउँछन्।

एक पीडितले आफूले म्यानपावरकी कर्मचारी लिली खनालसँग फोनमा गरेको कुरा रेकर्ड गरेका रहेछन्। त्यो रेकर्डमा उनले आफै कम्पनीमा कुरा गरेर अकामा नवीकरण गर्न र तलब माग्न भनेकी छन्। ‘हामीले जति अनुरोध गरे पनि कम्पनीले हाम्रो कुरा नै सुनेन, म्यानपावर पनि आफै कुरा गर्नु भनेर जिम्मेवारीबाट पन्छियो,’ एक पीडितले भने।

समस्यामा परेपछि उनीहरुले दूतावासमा समेत फोन गरेका थिए। तर समस्या सुन्ने कोही भएन। क्षेत्रध्वज खत्रीले भने, ‘हाम्रो कुरा परदेशमा कसैले सुनेन, हामी एक्लै भयौँ। दूतावासले न फोन उठाउँछ न गुनासा सुन्छ।’

एक लाखसम्म असुलेर १० हजारको प्रमाण 
खाडी लगायतका मुलुकमा कामदार पठाएर एक लाखभन्दा बढी रकम असुल्ने र १० हजारको प्रमाण मात्रै दिने म्यानपावर कम्पनीहरुको प्रवृत्ति नै बनेको छ। रिलायन्स म्यानपावर कम्पनीले पनि छिरिङ लगायत पाँचै जनाबाट प्रतिव्यक्ति ६० हजारदेखि एक लाखसम्म रकम असुल गरेर १० हजारको मात्रै नगदी रसिद उपलब्ध गराएको छ। 

खत्रीले म्यानपावर कम्पनीलाई ६० हजार रकम बुझाएका थिए। रसिद देखाउँदै उनी भन्छन्, ‘जताततैबाट ठग्ने रैछन्। अहिले हामीलाई क्षतिपूर्ति पनि १० हजार मात्रै दिन्छु भन्छन्।’ 

रित्तै धन्न फर्कियौं : पीडित 
साउदीले जेलमा रहेका श्रमिकहरुलाई नयाँ वर्ष सन् २०१९ को अवसर पारेर आममाफी दिएको थियो। त्यही मौकामा घरफिर्ती केन्द्र आएका उनीहरु साउदीस्थित नेपाली दूतावासको समन्वयमा २०७५ माघ २९ गते नेपाल फर्किएका हुन्। 

‘रित्तै भए पनि धन्न ज्यान जोगाएर फर्किन पाइयो,' खत्री भन्छन्, 'बहिनीको सुन धितो राखेर १० हजार ऋण मागेर काठमाडौं बसेको छु। कमाउन गएको ऋणको भारी बोकेर आएँ। घर पनि कुन मुख लिएर जानु।'

के भन्छ विभाग?
वैदेशिक रोजगार विभाग बुद्धनगरमा पीडितहरुले चैत ४ गते म्यानपावर कम्पनीविरुद्ध उजुरी हालेका छन्। आफूहरुलाई एउटा काम भनेर अर्कै काममा पुर्‍याएको र भनेजस्तो सेवासुविधा तथा तलब नपाएको भन्दै ठगी मुद्दा उनीहरुले दर्ता गराएका हुन्।

राम्रो काम र कमाईको प्रलोभन देखाएर आफूहरुलाई समस्यामा पार्ने रिलायन्स म्यानपावरलाई कारबाही गरी आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुको छ।

म्यानपावर र पीडितहरुलाई सँगै राखेर छलफल गराई पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन विभागले सक्दो पहल गर्ने विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन्। ‘यस्ता प्रकृतिका घटनाहरु दिनानुदिन बढिरहेका छन्, ठगीबाट बच्न युवाहरु पनि सचेत हुनुपर्छ’ निर्देशक गुरागाईले भने।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्