राजविराज- सप्तरीको बोदेवरसाइन नगरपालिकामा आज अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेका छन्।
बोदेवरसाइन नगरपालिका– ३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इञ्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिए।
आज बिहान श्रीमान् श्रीमती दुवैजना घरदेखि पर धान खेतमा धान काट्न गएका बेला श्रीमतीलाई हँसिया प्रहार गरेको बताइएको छ। अभियुक्त जयप्रकाशको मानसिक सन्तुलन कहिलेकाहीँ ठिक नहुने गरेको स्थानीयवासीको भनाइ छ।
शवको टाउको र जिउ छुट्टिएको अवस्थामा प्रहरीले फेला परेको स्थानीयवासीले बताएका छन्। अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुका दुई छोरा र एक छोरी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।