भक्तपुर- प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रचारस्वरुप नेकपा (एमाले) ले सोमबारदेखि घरदैलो अभियान सुरु गरेको छ।
एमालेले निर्वाचन क्षेत्र नं २ प्रदेश नं १ सूर्यविनायक नगरपालिकाको सिरुटारबाट औपचारिक रुपमा अभियान सुरु गरेको हो। अभियानको उद्घाटन गर्दै एमालेका युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको समग्र विकासमा एमालेले यसअघि नै अभियान छेडेको बताउँदै यसलाई पूर्णता दिइने प्रतिबद्धता व्यक्त गरे।
भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले भक्तपुरको टोल टोलमा पक्की सडक पुर्याइने, धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रलाई विकास गरिने, घरघरमा खानेपानीको पहुँच पुर्याइने बताए। टोलटोलमा सौर्यबत्ती जडान गरिने, भूकम्प प्रभावितका लागि कार्यक्रम सञ्चालन गरिने र यस क्षेत्रलाई सुविधासम्पन्न ‘स्याटलाइट सिटी’ (मुख्य सहर नजिकको सुविधासम्पन्न सहर) का रुपमा विकास गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा आएको बताए।
कार्यक्रममा प्रदेश नं १ कबाट एमाले उम्मेदवार शशिजंग थापाले खानेपानी र सडक समस्या हल गर्ने आफ्नो योजना रहेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।