• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यी नेपाली गुरु जसले अजय देवगनदेखि सुष्मिता सेनसम्मलाई योग सिकाए

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३, २०७६  १४:३५
1140x725

काठमाडौं–  चम्किला आँखा, फूर्तिलो ज्यान र मनमोहक हाँसो। शरीर रबरजस्तै खुम्चन्थ्यो र तन्कन्थ्यो। 

योगासनबाट उठेर उनी हामीतर्फ आए। प्रेमिल सम्बोधन गर्दै स्वागत गरे। र, बस्न आग्रह गरे। हामी नजिकैको कुर्सीमा बस्यौं। 

ती भद्र पुरुषको शालीन व्यवहारदेखि जो कोही प्रभावित हुन्थ्यो। उनको मुस्कानले सूर्योदयको पहिलो प्रहरको झल्को दिएझैं लाग्यो हामीलाई। 

बिहान ७ बजे। 

सोल्टी होटलको परिसरमा ‘योग गुरु’ एकराज गजुरेलसँग थियौं हामी। हामी जानुपूर्व उनी योग गर्दै÷गराउँदै थिए। अनुमान गरेभन्दा सहजै समय पायौं हामीले। 

जीवनको दुई दशक त योग साधनामै बिताएछन्, गुरु एकराजले। जसको आफ्नै जीवन कति संघर्षपूर्ण रह्यो होला?

मनमा कौतुहल थियो।

जवाफको आशामा उनीसँग नजिकिएँ। 

Ncell 2
Ncell 2

संवादको क्रममा जीवनबारे उनले आफ्नो धारणा सुनाए, ‘जीवनमा खुसी हुनु आवश्यक छ। तर, त्यो खुसी मिल्नका लागि निडर हुनुपर्छ। निडर हुनका लागि झुट त्याग्नुपर्छ।’

उसो त विश्वको ६ वटा देशमा योग सिकाएका गुरु एकराज प्रेम, जीवन र अध्यात्मको विषयमा घन्टौं प्रवचन दिन सक्छन्। 

दुई वर्षअघि मात्र नेपाल आएका उनी सोल्टी होटलमा योग सिकाउँछन्। 

‘किन फर्कनुभयो त नेपाल?’ जिज्ञासाले प्रश्न उमार्‍यो।

जवाफ दिए, ‘जहाँ गए पनि आफ्नो संस्कृतिले तान्दो रहेछ। आफ्नो माटोमा केही गर्नुपर्छ भन्ने लाग्दो रहेछ।’

एकराज यही माटोमा फर्किए। विदेश उड्नुअघि अन्तिम पटक यही देशको माटोलाई टेकेका थिए। 

‘कसरी पलायो सन्त हुने सपना ?’ कुरा कोट्याउन खोज्छु।

उनी विगततर्फ फर्किए। 

‘सन्त’ जस्तो बालक
नुवकोटको बेलकोट गढीमा जन्मिए एकराज।

सानो छँदा उनका हजुरबा भगवान्प्रति निकै आस्था राख्थे। ध्यान गर्थे। भजन गाउँथे। पूजाआजा गर्थे। वेद र गीता पढ्थे। हजुरबाको त्यो भक्तिभावले उनको बाल मस्तिष्कलाई छोयो।

७÷८ वर्षको उमेरदेखि उनी पनि ध्यान गर्न थाले हजुरबासँगै। आत्मा र जीवनबारे चासो राख्थे। यसरी नजानिँदो पाराले अध्यात्मको बाटोमा लागेका थिए उनी। 

एकराजकोे क्रियाकलाप र व्यवहारका कारण परिवार चिन्तित थियो। 

छोरा ‘जोगी’ बन्ने भयो भन्ने पिर बा–आमामा थियो। उसो त उनको चाहना नै त्यही थियो– यो सांसारिक मोहबाट मुक्ति पाउने। बाल्यकालको जिद्दी र दृढ स्वभावका एकराजलाई अध्यात्मले छाडेन।

उनी मुक्तिको खोजीमा छटपटाइरहे। अध्यात्मले डोहोर्‍याएदेखि उनी योग सिक्न चाहन्थे। बिनायोग ध्यानमा बस्न कठिन थियो। तर, योग सिक्न यहाँ सहज थिएन। उनी घरबाट भाग्ने योजना बुन्न थाले।
नभन्दै एकदिन उनी घरबाट भागे।

करिब १२ वर्षको उमेर। कक्षा ५ सम्मको पढाइ। गाउँकै एक चिनजानका आफन्त भारत जान लागेको सुइँको पाए। र, उनीसँगै एकराज भारततर्फ लागे। 

भारतको हरिद्वार त पुगे तर बिरानो ठाउँ। अपरिचित मान्छे। केही दिन उनी आफन्तसँग बसे। तर, लामो समय बसेनन्।

अनि सुरु भयो एकराजको संघर्षको दिन।

पहिलो वर्ष निकै कष्ट पाए। पढाइ अगाडि बढाउने अवस्था थिएन।

दुःख भए पनि दुःखी नहुने एकराजको स्वभाव। यो स्वभाव नै उनको शक्ति थियो।

अभावलाई चिर्नका लागि उनले धेरै काम गरे। होटलमा भाँडा माझ्न पनि पछि परेनन् उनी। कष्टप्रद एक वर्षपछि उनले कक्षा ६ बाट पढाइ सुरु गरे। बिहान–बेलुका काम गरेर स्कुल जाने पैसा पनि जोहो गर्न थाले। 

बिरानो हरिद्वार आफ्नो लाग्न थाल्यो। अपरिचितहरू आफन्त जस्ता। उनीहरूबाटै एकराजले अब सहयोग पाउन थाले।

‘जो कोही मान्छेले मप्रति सहानुभूति देखाउँथ्यो। सहयोग गर्नेहरू बिस्तारै बढ्न थाले,’ एकराज सम्झन्छन्। 

बिस्तारै हिन्दी भाषामा पोख्त भइसकेपछि उनले नेपाली बिर्सिए। हिन्दीमा कुरा गर्न सक्थे। कसैले ‘घर कहाँ हो’ भनेर सोध्यो। उनी झुट बोल्थे। नेपाल भनेर छिपाउँथे। 

‘नत्र सबैले सहानुभूति देखाएर घरमा जाऔं भन्थे। झुट बोल्न करै लाग्थ्यो,’ उनले विगत खोतले।

यसरी संघर्ष गरेरै उनी आश्रमको ढोकासम्म पुगे।

१८ वर्ष पुग्दा उनमा योग सिक्ने चाहना जीवितै थियो। 

उनी ऋषिकेशको कृपालु आश्रममा गए।

योग सिक्नुअघि उनी आफू भट्किए जस्तो महसुस गर्थे। आफू स्थिर नभएको ठान्थे। 

कृपालु आश्रममा गएर योग सिक्न थालेपछि उनमा परिवर्तनका रेखाहरू देखिए। सोचे, ‘अब म पनि केही गर्न सक्छु।’

त्यसपछि एकराजले ३ वर्ष कृपालु आश्रममा बसेर योग सिके। त्यसैगरी प्रकाश आश्रममा रहँदा उनले स्वामी बुद्धिप्रकाशसँग पनि थप ज्ञान आर्जन गरे।

बीचमा एकपल्ट नेपाल फर्किएका थिए एकराज। त्यतिबेला डा हरिप्रसाद पोखरेलसँग ६ महिना प्राकृतिक चिकित्सा सिकेका थिए।  

३ वर्ष योग सिकेपछि उनी गंगोत्री गएर बसे। जोगी बन्छु भन्ने हुटहुटीले छाडेको थिएन। आध्यात्मिक बनेर जोगी नै बन्ने धङधङीले गंगोत्रीमै बसे। तर, त्यहाँ लामो समय टिक्न सकेनन्। 

खानुपर्‍यो। लगाउन कपडा चाहियो। प्यास मेट्न पानी चाहियो। ‘जोगी’ को भुलभुलैयाबाट बाहिर निस्कने सोच बनाए। उनलाई लाग्यो, ‘सांसारिक सुखबाट मुक्त हुन सकिन्न।’

उनले नयाँ कुराको अनुभूत गरे। ‘शरीर आत्मा र भौतिक गरी दुई वटामा विभाजित रहेछ। यसबाट मुक्तिभन्दा पनि दुवैलाई कसरी सन्तुलन गर्ने भन्ने कुरा सोच्नुपर्दो रहेछ,’ उनी प्रस्ट्याउँछन्।

योग गुरु एकराज
गंगोत्रीबाट फर्केर उनी पुनः ऋषिकेश फर्किए। त्यसपछि उनको जीवनले नयाँ मोड लियो। लामो समय योगा सिकेका एकराजको आत्मविश्वास हलक्कै बढेको थियो। 

त्यही आत्मविश्वासले योग सिकाउनतर्फ धकेल्यो। 

सन् २००१ देखि उनी योग सिकाउन थाले। उनले ऋषिकेशमा कुण्डलिनी योग  सिकाउँथे। त्यो कठिन योग हो। त्यहीबीच पुनाको एउटा नेचुरपेथी सेन्टरमा गए। त्यहाँ एक वर्ष योग सिकाए। त्यतिबेला उनको फोकस थेरापीमा थियो। त्यहाँका प्रमुख थिए, जितेन्द्र आर्या। उनी भारतका चिनेगुनेका योग गुरु थिए। नेचुरपेथी सेन्टर एउटा अस्पताल जस्तो थियो। त्यहाँ बिमारी आउँथे। चेकअप गराएपछि थेरापी गर्थे।

उनी २००२ सम्म त्यही अस्पताल रहे।

मानिससँग सिप हुनुपर्छ। अवसरहरू पछ्याउँदै आउँछन्। एकराजलाई पनि तिनै अवसरले पछ्याउन थाले। उनलाई एकाएक फाइभस्टार होटलबाट योग सिकाउने अफर आयो। ब्राइटल्यान्ड होलिडे भिलेज। (अहिले ब्राइटल्यान्ड रिसोर्ट एन्ड स्पा भएको छ) बाट आएको अफरलाई उनले गुमाउन चाहेनन्।

पारिश्रमिक पनि सोचेभन्दा राम्रो थियो त्यहाँ। उनी राजी भए। 

त्यसपछि जीवनले फेरि नयाँ मोड लियो। उनी फाइभस्टार होटलमा रहेर योग सिकाउन थाले।

होटलमा योग सिकाउनु उनको लागि नौलो अनुभव थियो। आश्रम, अस्पताल र होटल गरेर तीन किसिमको अनुभव उनले लिइसकेका थिए।

के थियो त फरक ?
‘धेरै नै फरक हुने रहेछ,’ उनले अनुभव सुनाए, ‘आश्रममा आउनेहरूले जसरी भए पनि राम्रोसँग सिक्नुपर्छ। ध्यानमा फोकस हुनैपर्छ। अस्पतालमा भने उपचारका लागि आउँछन्। योग उपचारमा केन्द्रित भएर गर्नुपर्छ। तर, फाइभस्टार होटलमा उनीहरूले सिकून् वा नसिकून्। त्यसमा खासै मतलब हुँदैन। उनीहरू त्यहाँ आनन्द लिन आउँछन्।’ 

उनले त्यहाँ निरन्तर ५ वर्षसम्म योग सिकाए।

अजय देवगनदेखि जाबेद जाफ्रीसम्म
त्यहाँ रहँदा उनले निकै अनुभव बटुले। योग सिक्नेहरू चर्चित कलाकार, गायक वा हाई प्रोफाइलका व्यक्तित्वहरू हुन्थे। ब्राइटल्यान्डमा थुप्रै कलाकार आउँथे। सुष्मिता सेन, अजय देवगन लगायत भारतका थुप्रै सेलिब्रिटीका उनी योग गुरु थिए।

‘अजय देवगनसँग घन्टौं कुरा हुन्थ्यो,’ उनले भने, ‘उनीहरूको सुटिङको समय थियो। हाम्रै होटलमा बसेका थिए।’ 

उनीहरूले चाहेको बेला योगको विषयमा कुराकानी गर्न सक्थे। त्यहीँ हुँदा मद्रासी कलाकार कृष्ण कुमार पनि उनीसँग घनिष्ठ भए। अर्का कलाकार जावेद जाफ्रीसँग पनि निकै रमाइलो कुराकानी हुन्थ्यो।

ब्राइटल्यान्डमा आफूलाई निखारिरहेका बेला सन् २००७ तिर उनलाई थाइल्यान्डबाट साथीहरूमार्फत अवसर आयो। त्यसपछि उनी थाइल्यान्ड पुगे।

थाइल्यान्डमा तीन महिनाजति योग सिकाए। त्यसपछि फेरि भारत नै फर्किए। 

यता आउँदा उनले थाहा पाए। उमेद भवन प्यालेसमा भ्याकेन्सी खुलेको थियो।  प्यालेस संसारकै उत्कृष्ट मध्येमा पर्छ। २ जना प्रशिक्षक मागिएकोमा एक जना भारतकै हुनुपर्ने। आवेदन दिएका थिए एक सय ३६ जनाले। उनले पनि दिए। संयोगले उनी छानिए।

त्यसपछि प्यालेसमै आबद्ध भई योग सिकाउन थाले। त्यतिबेला सिंगर स्टिङ योगसमेत उनले सिकाए।

तीन वर्ष उमेद प्यालेसमा योगा सिकाएर एकराजले २०१० मा छाडे। त्यसपछि दुबई गए। त्यहाँ पनि उत्कृष्ट ठाउँमै रहेर प्रशिक्षण दिए। मलेसियामा त उनले  ६ वर्ष सिकाए। 

यसरी ६ वटा विभिन्न देशमा आफ्नो योग कौशलबारे उनले ज्ञान दिइसकेका छन्।

त्यसपछि उनलाई लाग्यो, ‘म जन्मिएको नेपालमा हो। एक दिन त अवश्य फर्कनैपर्छ।’

सन् २०१७ मा उनी स्वदेश फर्किए।

अरूभन्दा भिन्न
एकराज आफूसँग जे छ, अरूमा भन्दा भिन्न भएको महसुस गर्छन्। उनले निकै कठिन परिस्थतिमा पनि योगसिकाएका छन्। 

उनले योग सिकाउन थालेको ४ महिनाजति भएको थियो। एकदिन अमेरिकाबाट योग सिक्नका लागि एक व्यक्ति आएछन्। उनले आफू भोलिदेखि योग गर्न आउने बताएछन्। एक हप्ताका लागि बुकसमेत गरेछन्।

उनीबारे जान्न मन लागेछ एकराजलाई। सोधेछन्, ‘तपाईले योगा सिक्नुभएको कति समय भयो?’ 

योग सिकेको १८ वर्ष भएको ती व्यक्तिले बताएछन्। 

‘मलाई चिन्ता भयो। उसलाई कसरी सिकाउने भनेर गाह्रो भयो,’ उनी त्यो क्षण सम्झन्छन्, ‘तर, सिकाउन थालेपछि लाग्यो उहाँलाई धेरै थाहा रहेनछ। किनकि हामी त यसमा पूरा भिजेर सिकेका हुन्छौं। जति वर्ष सिके पनि फरक पर्दो रहेनछ।’

उनी आफू योग गर्ने बेलामा गहिराइमा पुगेर गर्छन्। आफूसँग फरक कुरा भएकै कारण त्यो परिस्थितिलाई व्यवस्थापन गर्न सक्ने उनी बताउँछन्।

अध्यात्म र योग
अध्यात्म योगसँग जोडिने कुरामा उनी प्रस्ट छन्। तर, अध्यात्म भनेर धर्मसँगै जोडिनुपर्ने मतमा छैनन्।

‘मैले त नास्तिकलाई पनि योग सिकाएँ। मेरा मुस्लिम विद्यार्थी मबाट धेरै प्रभावित छन्,’ नास्तिक र आध्यात्मिक दुवैलाई योग सिकाउँदाको अनुभव सुनाउँछन्।

एक दिन गुरु एकराजको भेट साउदी अरबको बुर्का लगाउने महिलासँग भएछ। उनले एकराजलाई भेटेर भनिन्, ‘तपाईं योग गुरु होइन ?’

उनले ‘हो’ भनेर मुसुक्क हाँसेछन्।

त्यसपछि ती महिलाले खुसी हुँदै भनिछन्, ‘तपाईंले हामीलाई योगसिकाउनुभएको थियो। जीवनलाई कसरी सकारात्मक बनाउनेबारे भन्नुभएको थियो। तपाईंबाट लिएको ज्ञानबाट मेरो जीवन नै परिवर्तन भयो।’

एकराजलाई त्यो दिन जीवनकै सबैभन्दा खुसी लाग्यो। उनी आफूले गरेको कामबाट त्यो दिन अत्यन्तै खुसी भए।

त्यसैले उनी योगलाई धर्मसँग जोड्दैनन्। आस्थासँग जोड्छन्। ‘भगवान्लाई मान्नैपर्छ भन्ने जरुरी छैन। त्यो आफ्नो विचार हो। कसैले भगवान् छ भनेर अनुभूत ग¥यो भने छ। त्यो उसले अनुभूत गरेको कुरा हो,’ भन्छन्, ‘यदि छैन भन्यो भने उसको लागि त्यही सही।’ 

आत्मा सच्चाइको बाटो भएकाले योगमा आत्मानुभूति गरिने कुरा उनी बताउँछन्।

जीवनको लक्ष्य
जोगी बन्न हिँडेका एकराजले ढिलो बिहे गरे, ४० वर्षमा। बिहे गरेको करिब ६ वर्ष भयो। ‘मन परिवर्तन भयो। बिहे गरेँ,’ उनी हाँस्दै भन्छन्। 

सोल्टी होटलमा योग सिकाउँदैमा निकै व्यस्त उनी बेलाबेला प्रशिक्षणका लागि बाहिर पनि जाने गरेका छन्। नेपालीहरू समय अनुसार ठिक तवरले नचल्दा भने उनी दिक्क छन्। भन्छन्, ‘हामी सही समयमा केही नगर्ने रहेछौं।’

तुरुन्त विदेश फर्कने उनको मनसाय छैन। उनी नेपालमै योग आश्रम खोल्ने विचारमा छन्। यसमा उनको सोच भिन्न किसिमको छ । भन्छन्, ‘मेरो आश्रममा आउनेहरूले योग सिकून्, दर्शन बुझून्, संस्कृति पहिल्याऊन्।’

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्