उर्लाबारी, मोरङ- विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गएराति ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन्। सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।