मलेखु, धादिङ- विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका–१ खयरघारीमा सडकबाट महेश खोलामा खसेर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
ना ६ ख ७६८७ नं को बस कान्तिपुर होटलबाट पछाडि हटाउने क्रममा सडकबाट खोलामा खसेर दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिए।
यस्तै नीलकण्ठ नगरपालिका–१४ को रातमाटेको भदौरेमा आइतबार साँझ गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
सामान लिएर बिक्रीका लागि गाउँ पुगेको बा १० च ९४०७ नं को बोलेरो जिप फर्काउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।