काठमाडौं– घाँटी रेटेर श्रीमतीको हत्या गर्ने युवक सात वर्षपछि पक्राउ परेका छन्।
सात वर्षदेखि फरार रहेका काभ्रे नमोबुद्ध ५ का रामलाल विकलाई प्रहरीले शनिबार पोखराबाट पक्राउ गरेको हो।
०६७ साउन २४ गते रामलालले जोरपाटीको नयाँबस्तीस्थित डेरामा १८ वर्षीया श्रीमती रविना विकको हत्या गरेको थिए। विवाह गरेको केही महिनामै घरायसी विवादमा उनले श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
हत्यापछि पक्राउ पर्ने डरले उनी पोखरामा लुक्दै आएका थिए। सिआइबीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ।
बौद्ध वृत्तले आइतबार म्याद थप गरी कत्र्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।