काठमाडौं- नववर्ष २०७६ को अवसर पारेर टेलिचलचित्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ। ब्रान्ड यू पिक्चर्सका लागि तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेली चलचित्र ‘रहरै भो’को तारकेश्वर नगर पाललिका काठमाडौं स्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभ मुर्हत गरिएको हो।
दुर्गा केसीले निर्माण गर्ने उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे गीत, जनक खड्का र निर्देशन उत्तम नेपालले गर्दैछन्।
समसामयिक, चेतनामूलक र हास्यप्रधान यो टेलिचलचित्रमा शुभाष गजुरेल, मुकुन्द मैनाली, लक्षमण वस्नेत, श्यामकुमार मिश्र, दमन रुपाखेती, गीता नेपाल, उत्तम के सी, राजीव धमला, सम्झना वुढाथोकी, पुजा लोहार, सपना श्रेष्ठ, रामजी रावत, केसर कार्की, सुनिता श्रेष्ठ, शारदा गौत्तम, गायत्री पाण्डे रमिला थापा, सनध्या खड्कालगायतका नयॉ तथा पुरानाकलाकार हरुको अभिनय रहेने निर्देशक उत्तम केसीले जानकारी दिए।
टेलीचलचित्र जनता टेलिभिजनबाट प्रशारण हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।