काठमाडौं– सगरमाथा आरोहणको तयारीमा रहेका पाँच जना पत्रकार महिलालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्।
राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सोच सराहनीय भएको बताइन्। पत्रकार महिलाले 'समानताका लागि बुलन्द आवाज' भन्ने नाराका साथ आरोहण गर्ने तयारी गरेका छन्।
शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली नागरिक र त्यसमा पनि पत्रकार महिलाको हैसियतले गर्न लागेको आरोहणले सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने बताइन्।
सगरमाथा टोलीमा राससकी रोशा बस्नेत, न्युज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजन तथा विपी कोइराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिकी रोजिता बुद्धाचार्य र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन्।
टोली आरोहण सम्बन्धी तालिम लिन आगामी कात्तिक २९ गते दोलखास्थित यालुङरी र रामदुङ हिमालको आरोहण गर्न दोलखा रोल्वालिङ प्रस्थान गर्ने भएका छन्।
आरोही टोलीलाई आर्थिक तथा भौतिक सरसहयोगको खाँचो रहेका टोलीकी संयोजक कल्पना महर्जनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।