काठमाडौं– फिल्म ‘पसिना’को फस्टलुक सार्वजनिक भएको छ। नयाँ वर्ष २०७६ को अवसर पारेर निर्माण युनिटले आइतबार फिल्मका ३ पोस्टर सार्वजनिक गरेको हो।
मजदुरहरूको कथामा रहेर निर्माण भएको फिल्मको फस्टलुकमा गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतका कलाकार प्रस्तुत छन्।
आरबी खत्री ‘शरद’को निर्देशन रहेको फिल्म ‘पसिना’मा गौरव पहाडी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रूव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा राम केसीको छायांकन, राजनराज शिवाकोटी, दीपक शर्मा र धिरज राइको संगीत, नवीन निरौलाको सम्पादन तथा देव महर्जनको द्वन्द रहेको छ।
फिल्म आउँदो बैसाख २७ बाट प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।