काठमाडौं- गायक शिव परियारको स्वरमा ‘ह्याप्पी ह्याप्पी छु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
नयाँ वर्ष २०७६ को उपलक्ष्यमा दर्शक तथा स्रोतामाझ नयाँ साङ्गीतिक कोसेलीस्वरुप गीत सार्वजनिक गरिएको गायक परियारले बताए।
हरि लम्सालको सङ्गीत रहेको गीतमा गजलकार सुरेश वाग्लेको शब्द सुन्न सकिन्छ।
नृत्य समूह ‘कार्टुन क्रु’का सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतको भिडियोमा गायक परियारको समेत अभिनय रहेको छ।
आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने भिडियोमा राजीव समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स रहेको छ।
गत वर्ष सार्वजनिक एकल एल्बम ‘तिमी साथ भएपछि’का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्लेले यो गीतबाट पनि निकै आशावादी रहेको बताए।
गीतको भिडियो हेर्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।