धनगढी– धनगढी हाफ म्याराथन २०७६ को उपाधि पुनः जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन्।
नयाँ वर्षको अवसरमा धनगढी जेसिजले आयोजना गर्दै आएको ‘अब धनगढी दौडिन्छ’को छैठौं संस्करणको उपाधि दोस्रो पटक दुर्गाले हात पारेका हुन्।
उनले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी एक घण्टा सात मिनेट ८:३५ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। यसअघि पनि उनले निर्धारित २१ दशमलव एक किलोमिटरको दुरी एक घण्टा सात मिनेट आठ सेकेण्डमा पुरा गरेका थिए। उपाधिसँगै बुढाले नगद ५५ हजार पाँच सय ५५ नगद प्राप्त गरे।
धनगढी हाफ म्याराथनको उपाधि कब्जा गर्ने बुढा जुम्लामा हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका धावक हुन्। निरन्तरको प्रयास र दृढ विश्वासले पहिलो बनाएको बुढाले बताए।
यस्तै नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भएका छन्। श्रेष्ठले एक घण्टा नौ मिनेट ४७ दशमलव ३९ सेकेण्डमा सो दुरी पार गर्दै दोस्रो भएका हुन्। उनले ३३ हजार तीन सय ३३ नगद पुरस्कार पाए। यस्तै खगेन्द्र भाट तेश्रो भएका छन्। उनले थापा एक घण्टा १० मिनेट पाँच दशमलव १३ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । भाटले तेश्रो हुँदै २२ हजार दुई सय २२ रकम प्राप्त गरे।
यस्तै, कर्पोरेट तर्फको पाँच किलोमिटरमा सरद चौधरी प्रथम, भीमवहादुर चौधरी द्वितीय र पारस सोनी तृतीय भए। उनीहरुले क्रमशः पाँच हजार पाँच सय ५५, तीन हजार तीन सय ३३, दुई हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गरे। नयाँ वर्षको दिन आयोजना गरिने धनगढी दौडिन्छ हाफ म्याराथन यस वर्ष नवजीवन सहकारी संस्थाले प्रायोजन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।