• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

वर्षका खेलकुद विवाद : सन्दीप लामिछानेदेखि विमल घर्तिमगरसम्म 

64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  ११:०७
1140x725

नेपाली खेलकुदको अर्को नाम हो, विवाद। खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र खेल संघहरुमा विवादका श्रृंखला वर्षौदेखि चलिहरेका छन्। नेतृत्व हत्याउन र आफू बलियो बन्न शक्तिको दूरुपयोग गर्ने गरेका घटना नेपाली खेलकुदको दीर्घरोग बनिसकेको छ। आफ्नो जिम्मेवारी भेउ नपाउदा खेल संस्थासँगै खेलाडी पनि कहिलेकाँही विवादमा फस्ने गरेका छन्। विसं २०७५ मा पनि नेपाली खेलकुदमा दर्जनौ विवाद भए। कति विवाद अहिलेपनि जारी छन् भने कतिपय विवाद मथ्थर भएका छन्। 

एन्फामा विवाद निरन्तर
अखिल नेपाल फुटबल संघ (एन्फा) ले वैशाख २२ मा नयाँ नेतृत्व पाएको थियो। कर्माछिरिङ शेर्पा एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए। पूर्व अध्यक्ष गणेश थापाको समर्थन प्राप्त मणि कुँवर पक्षलाई हराएर शेर्पा प्यानलले निर्वाचनमा जित हात पारेको थियो।

निर्वाचन हुनुअघि अनेक विवाद भए। निर्वाचन हुनु २ दिनअघि सम्म पनि निर्वाचन रोक्ने श्रृंखला चले। निर्वाचन हुन एक साता समय बाँकी रहदा कन्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दसहितले काठमाडौं जिल्ला अदालतमा एन्फा चुनाव रोक्नका लागि मुद्दा दायर गरेका थिए। तर अदालतले अन्तरिम आदेश जारी नगरेपछि चुनाव हुने पक्का भएको थियो। अदालतले अन्तरिम आदेश नदिएपछि अध्यक्षका प्रत्यासी मणि कुँवरले २ दिनअघि पत्रकार सम्मेलन गरेर निर्वाचनमा भाग नलिने बताएका थिए। जसकारण शेर्पाको जित निर्वाचन अघि नै सुनिश्चित देखिएको थियो। 

त्यसअघि २०७४ चैत १४ लाई तोकिएको एन्फा चुनाव रोकिएको थियो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले निर्वाचनमा सहभागी हुन नपाएको भन्दै पाटन उच्च अदालतमा मुद्दा हालेका थिए। त्यसपछि अदालतले विवाद समाधान गरेर मात्र निर्वाचन गराउन आदेश दिएको थियो। त्यसपछि दुवै जिल्लाको विवाद समाधान गरेर निर्वाचनको लागि बाटो खुलेको थियो।

निर्वाचन सकिएपछि पनि एन्फामा विवाद जारी रह्यो।  साउन अन्तिम साता अध्यक्षमा पराजित कुँवर एन्फाको नवनिर्वाचित कार्यसमितिको कार्यशैली विधानविपरीत रहेको भन्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिन पुगेका थिए। त्यसबीचमा कुँवर समूहले एन्फाप्रति निरन्तर विभिन्न आरोप लगाइ रह्यो। 

पुस दोस्रो साता चार जिल्ला अध्यक्षले एन्फामा आर्थिक अनियमितता, अपारदर्शिता र गलत क्रियाकलाप भएको भन्दै १४ बुँदे आरोप लगाएका थिए। त्यसअघि उनीहरुले एन्फा निर्वाचनमा भएको आर्थिक अनियमितताबारे प्रमाण दाबी गर्दै अडियो टेप सार्वजनिक गरेकाका थिए। धादिङका अध्यक्ष दीपक खतिवडा, काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजखु  र ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले एन्फालाई आरोप लगाए पनि कुनै ठोस प्रमाण भने अझै दिन सकेका छैनन्।

एन्फाको विवाद यतिमा मात्र सीमित रहेन। मानार्थ अध्यक्षमा नियुक्त भएका टासी घलेलाई एन्फाले बर्खास्त गर्यो। तर मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले अन्तरिम आदेश दियो। माघ ३ गते  एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो। शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गरेका घरेललाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो। नयाँ नेतृत्वसँग घलेले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिन माग गर्दै आएका थिए। तर एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा राम्रो सम्बन्ध बनाएका नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको थियो। त्यसपछि उनी एन्फाप्रति रुष्ट देखिएका थिए।

ए डिभिजन लिग 
पाँच वर्षपछि भएको सहिद स्मारक 'ए' डिभिजन लिग विवादरहित बन्न सकेन। लिगमा रेलिगेशनको व्यवस्था हटाइदा एन्फा नेतृत्वले चर्को आलोचना खेप्न पर्नु पर्यो। रेलिगेशनविनाको लिग हुँदा लिगको मर्ममाथि नै प्रहार भएको विश्लेषण गरियो।  फुटबलमा माहोल ल्याउनका लागि रेलिगेशनविनाको लिग गरिएको एन्फाको भनाइ रह्यो।

nimb
nimb
Ncell 2
Ncell 2

लिगको उद्घाटन खेल खेलेका रेफ्री सुदीस पाण्डे विवादमा परे। आर्मीविरुद्ध खेलमा गलत निर्णय गरेको भन्दै एनआरटीले उजुरी समेत दर्ता गराएको थियो। पछि एन्फाले पाण्डेलाई केहि खेलमा जिम्मेवारीबाट हटाएको थियो। 

विमल घर्तिमगर
विमल घर्तीमगरसहित राष्ट्रिय टिमका ५ खेलाडी बन्द प्रशिक्षणमा रहेको बेला डिस्को गएपछि विवादमा परे।

विमलसहितका खेलाडीले  मादक पदार्थ सेवन गरी हल्ला गरेर मध्य रातमा एन्फा एकेडेमी छिरेको सिसी टिभी फुजेटमा देखिएको थियो। एसियन गेम्स र साफ फुटबलको तयारीमा रहेका खेलाडी रातको समयमा एन्फाको होस्टेलबाट बाहिर निस्किएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरिरहेको अवस्थामा भेटिएका थिए।

सिसी टिभी फुटेजमा  विमल घर्तिमगर, अन्जन विष्ट, विशाल राई, छिरिङ शेर्पा र हेमन्त थापा मगर लगायतका खेलाडी देखिएका थिए। पछि एन्फाले खेलाडीलाई खेलाडीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। 

क्रिकेट 
२०७३ वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) विवाद अझै मिलेको छैन।  गत असोजमा नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको थियो। जसअनुसार मुद्दा फिर्ता पनि भइसक्यो। 

२०७२ मंसिरमा भएको क्यानको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिएपछि क्रिकेट विवाद सुरु भएको थियो। परिषदले निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेको थियो। त्यसपछि निर्वाचित समितिले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिएपछि तदर्थ समितिले काम गर्न पाएको थिएन। यसबीचमा आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो। त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।

विवाद समाधानका लागि आइसिसीले सल्लाहकार समिति गठन गरेको थियो। सल्लाहकार समितिमा निर्वाचित क्यानसहित सरोकारवाला व्यक्त सदस्य दिए। समितिले क्यानको नयाँ विधान बनाएको थियो। सो विधानलाई निर्वाचित क्यानले परिमार्जित सहित पारित गरेको थियो। तर आइसिसीले हुबहु पारित गर्नु पर्ने भनेपछि गत वैशाखमा हुबहु पारित भएको थियो।

हुबहु पारित गरेर क्यान निलम्बनको बाटोमा सहयोगी बनेको निर्वाचित क्यानको भनाइ छ।  नयाँ विधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरीङ कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरेको थियो। मोनिटरीङ समितीले आफ्नो प्रतिवेदन आइसिसी बुझाइसकेको छ।  तर अहिलेसम्म आइसिसीले कुनै ठोस निर्णय नगर्दा क्यान विवादको गाँठो अझै फुक्न सकेको छैन।

सन्दीप लामिछाने
गत कात्तिकमा पोखरामा भएको पोखरा प्रिमियर लिगको दौरान नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने विवादमा पारे।  प्रतियोगितामा विराटनगर टाइटन्सका कप्तान रहेका सन्दीपले अम्पायरसँग विवाद गरेका कारण कारबाहीमा गरिएको थियो।

म्याच रेफ्रि सत्यजित सरकारले आइसिसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डिमेरिट्स अंक दिएका थिए। चितवन राइनोजविरुद्धको खेलमा सन्दीप अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटकपटक विवादमा उत्रिएका थिए। अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए। 

सन्दीपलाई दर्शकले घमन्डी भनेर नारा लगाउनुको अर्को कारण उनले लिगको उद्घाटनको दिन गरेको अर्को विवाद थियो। उद्घाटनको दिन सन्दीपले प्रहरीसँग विवाद गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। फोटो खिँचाउनका लागि समर्थकले सन्दीपलाई घरेका थिए। त्यसक्रममा सुरक्षाकर्मीले सन्दीपलाई समातेका थिए। जसकारण सन्दीप रिसाएका थिए। जुन भिडियो भाइरल भनेको थियो। सन्दीपले पछि सार्वजनिक कार्यक्रममै कसैलाई चोट पुर्याउने उद्देश्य नभएको भन्दै माफी मागेका थिए।

सन्दीपको विवाद यतिमै सीमित रहेन। अस्ट्रेलियाको बिग बास लिग खेल्न पुस पहिलो साता मेलवर्न पुगेका सन्दीपमाथि नेपाली मूलका व्यक्तिहरुले विवादमा ल्याउने काम गरे।

सन्दीप नेपाल फेस्टिबल मेलवर्नमा सहभागी भएका थिए। कार्यक्रम सकिएपछि सन्दीपले असन्तुष्टि जनाएको भन्दै अस्ट्रेलियामा रहेका नोर्गेन नोर्बुले फेसबुकमा लामो स्टाटस पोस्ट गरेका थिए। जहाँ सन्दीपमाथि विभिन्न आरोप लगाइएको थियो। पोस्टलाई 'कोट' गर्दै सन्दीपले सबै कुरा झुट भएको भन्दै स्पष्टीकरण दिएका थिए। पोस्टमा धेरैले सन्दीपको समर्थन गर्दै खेलमा केन्द्रित हुन सुझाव दिएका थिए। अस्ट्रेलिया रहेर क्रिकेट खेल्दै आएका सुनाम गौतमले पनि सन्दीपको समर्थनमा कमेन्ट गरेका थिए। उनले सबै कुरा भ्रम भएको भन्दै सन्दीपलाई समर्थन गर्न आग्रह गरेका छन्।


ज्ञानेन्द्र प्रतिबन्ध 
राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल चार खेल प्रतिबन्धमा परे। धनगढी क्रिकेट प्रिमियर लिगमा ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले महेन्द्रनगरसँगको खेल बहिष्कार गरेका कारण उनी प्रतिबन्धमा परे। 

प्रतियोगिताको प्राविधिक समितिले खेल भावनाविपरीत कार्य गरेका कारण काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई ४ खेलमा प्रतिबन्ध गरियो। काठमाडौंका भारतीय खेलाडी अंकित दवासको बलिङ एक्सनमाथि प्रतिबन्ध लगाएपछि काठमाडौंले खेल बहिष्कार गरेको थियो ।

प्रतिबन्धसँगै ज्ञानेन्द्रले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय क्रिकेट छानेटका चार खेल गुमाए। कारबाहीप्रति ज्ञानेन्द्र भने सन्तुष्ट देखिएनन्। उनले आफुलाई मात्र कारबाही गरेकोमा असन्तुष्टि जनाएका थिए। बहिष्कार गर्ने निर्णय टिम व्यवस्थापन गरेको बताएको उनको जीकिर थियो।

एथ्लेटिक्स
२०७५ मा एथ्लेटिक्स संघको विवाद सतहमा आयो। हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा अजित कुमार यादवले स्वर्ण जितेपछि विवाद छताछुल्ल भएको थियो। ३ हजार मिटर दौडमा स्वर्ण जितेका अजितलाई संघले सम्मान कार्यक्रम गरेको थियो। त्यहि कार्यक्रममा अध्यक्ष राजीवविक्रस शाहले संघलाई एसियन एथ्लेटिक्स महासंघले निलम्बन गर्ने चेतावनी दिएको पत्र सार्वजनिक गरेका थिए। सोही कार्यक्रममा उनले साधारणसभाको मिति घोषणा गरेका थिए। लगत्तै भएको साधारणसभामा उनी दोस्रो पटक अध्यक्षमा चुनिए।

संघको कार्यकाल २०७५ वैशाखमै सकिएपछि एक वर्ष निर्वाचन हुन सकेन। साउनमा गर्ने भनिएको साधारण १८ औं एसियाली खेलकुदका कारण सारिएको थियो। त्यसपछि चैतसम्म निर्वाचन हुन सकेन। राखेपको अनुमतिमा भएको निर्वाचनको पूर्व महासचिव सुनील राजवंशीले विरोध गरे। उनले शाहको कार्यशैली गलत भएको आरोप लगाउँदै विधानसम्मत चुनाव नभएको जिकिर गरे। साथै उनले आफूलाई महासचिव पदबाट राजीनामा दिन बाध्य पारेको समेत बताए। 

तेक्वान्दो
तेक्वान्दोको विवाद २०७५ मा झन् बढ्यो। तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो संघबीच आरोप प्रत्यारोप जारी रह्यो। एसियाली खेलकुदका लागि छनोटमा दुई संघबीच विवाद बढेको थियो।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो संघबीचको विवाद सधैंका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा समेत दिए। तर विवाद मिल्न सकेन। विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले विज्ञप्तिमा उल्लेख गरेको थियो। तर राखेपको त्यो निर्णयको कुनै औचित्य रहेन। 

एसियन खेलकुद 
गत भदौमा इन्डोनेसियामा भएको १८औं एसियाली खेलुकद विवादरहित बन्न सकेन। आसा गरिएका खेलले नजिता दिन सकेनन् भाग लिन इन्डोनेसिया पुगेका खेलाडीहरु सहभागी नभइ फर्किए। 

इन्डोनेसियाको सेन्ट्रल जाकार्तामा रहेको बुङ कार्नो रंगशालामा दौडन पुगेकी नेपाली धाविका विश्वरुपा बुढाले प्रतिस्पर्धामा भाग लिन नै पाइनन्। महिला १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने भनिएकी बुढाको नाम इन्ट्री नभएको भन्दै ट्रयाक एन्ड फिल्डको लेनबाट स्वयंसेवकले बाहिर पठाएका थिए। लगत्तै नेपाली व्यवस्थापक शान्ति सिंहले बुढाको नाम इन्ट्री नभएकाले भाग लिन नपाएको गैरजिम्मेवार प्रतिक्रिया नेपाल लाइभलाई दिएकी थिइन्।

अर्का धावक यामसाजन सुनार २ सय मिटर दौडमा सहभागी भएनन्। उनले विरामी भएको भन्दै प्रतिस्पर्धामा भाग लिएनन्। एथ्लेटिक्सको विवाद यतिमै सीमित रहेन। म्याराथनमा भाग लिएका गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले निर्धारित दूरी नै पूरा गरेनन्। 

एसियाली खेलकुदमा तेक्वान्दो लगातार तेस्रो पटक पदकबिहीन बन्यो। प्रतियोगितअघि पदक जित्ने दाबी गरेका प्रशिक्षक दीपक विष्टले एकाएक बोली फेरे। उनले राम्रो प्रशिक्षण नभएको बताए। तर सदस्यसचिव विष्टले त्यसको खण्डन गरे। त्यसो त प्रतियोगिताअघि स्वदेशमै भएको विवादले अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा ठूलो असर गरेको प्रष्ट देखियो। एसियाली खेलकुदका लागि नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघले छुट्टा छुट्टै तयारी गरेका थिए।

पदकको आसा गरेको करातेले पनि एसियाली खेलकुदमा पदक जित्न सकेन। विभिन्न खेममा विभाजित करातेमा एसियाली खेलअघि विवादले चर्को रुप लिएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्रप्तको लडाइका कारण छनोट भएका नवीन रसाइलीले अन्तिम समयमा एसियाली नखेल्ने बताए। इन्डोनेसिया जानुअघि प्रशिक्षकको विवादले पनि उग्ररुप लियो। जसका कारण पोखरामा बन्द शत्रमा रहेका खेलाडीको प्रशिक्षणमै समेत असर पर्‍यो। 

अन्त्यमा‍‍...

प्रदेश ५ मा आयोजना तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक पटक सर्‍यो। २०७५ मै गर्ने भनिएको प्रतियोगितका केहि खेलहरु अहिले जारी छन्। प्रतियोगिताको उद्घाटन भने वैशाख ५ मा हुँदैछ। भौतिक पूर्वाधार कमसल भएको र पर्याप्त तयारी नभएको समाचार अहिले सार्वजनिक भइरहेका छन्। सर्वाधिक गर्मी हुने मौसममा प्रतियोगिता आयोजना गर्दा खेलाडीको प्रदर्शनमा असर गर्ने चर्को आलोचना पनि भइरहेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्