म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टरले शनिबार अबेर राति सकिएको खेलमा वेस्ट ह्याम युनाइटेडमाथि २-१ को जित हात पार्यो।
म्यानचेस्टरका लागि पाउल पोग्बाले २ गोल गरे। दुवै गोल उनले पेनाल्टीमा गरे। १९ मिनेटमा पहिलो गोल गरेका उनले ८० मिनेटमा दोस्रो गोल गरे। वेस्ट ह्यामका लागि एन्डर्सनले ४९ मिनेटमा बराबरी गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो। म्यानचेस्टर ३३ खेलबाट ६४ अंक जोड्दै पाँचौ स्थानमा छ।
अन्य खेलमा वर्नमाउथले ब्रिङ्टनमाथि ५-०, वर्नलीले कार्डिफलाई २-०, फुलह्यामले एभर्टनलाई २-० र साउथह्याम्टनले वुल्भ्सलाई ३-१ ले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।