काठमाडौं- आइपिएल क्रिकेटमा लगातार ६ खेलमा पराजित भएको रोयल च्यालेन्सर्ज बैंग्लोर अन्तत: सातौं खेलमा विजयी भएको छ।
शनिबार अबेर राति सकिएको खेलमा बैंग्लोरले किंग्स ११ पञ्जावमाथि ८ विकेटको जित हात पारेको हो।
पहिलो ब्याटिङ गरेको पञ्जावले ४ विकेटको क्षतिमा १ सय ७३ रन जोडे। उसका लागि क्रिस गेलले नटआउट ९९ रनको योगदान दिए। गेलले ६४ बलमा १० चौका र ५ छक्का हिर्काए।
१ सय ७४ रनको लक्ष्य बैंग्लोरले ४ बलमा बाँकी छदा २ विकेट गुमाएर पार गर्यो। उसका लागि एबी डिभिलियर्सले नटआउट ५९ रन र मार्कोस स्टोइनिसले नटआउट २८ रन जोडे। त्यसअघि कप्तान विराट कोहलीले ६७ रन बनाए।
पहिलो जितसँगै पुछारको बैंग्लोरलाई राहत मिलेको छ। पञ्जाव ८ खेलबाट ५ जितसहित पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।