लन्डन– इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले सानदार जित हात पारेको छ। टोटनह्यामले शनिबार भएको खेलमा हडर्सफिल्डलाई ४–० गोलले पराजित गर्यो।
टोटनह्यामको जितमा लुकास मोउराले ह्याट्रिक गरे। उनले खेलको २७, ८७ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। त्यसअघि वन्यामाले २४ मिनेटमा पहिलो गोल गरे।
लिगमा टोटनह्याम ३३ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। हडर्सफिल्ड यसअघि नै रेलिगेशनमा परिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।