जितपुर- एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। प्युठानबाट भैरहवातर्फ जाँदै गरेको रा१च ६५५ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नम्बरको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ दुर्घटनामा परेका हुन्। उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।