डडेल्धुरा– बैतडीको मेलौलीबाट कैलालीतर्फ जाँदौ गरेको यात्रुबस कैलालीको चुरे गाउँपालिका–३ धपेनीमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। आइतबार बिहान ४ बजे बस दुर्घटनामा परेको हो।
अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोस्ट फल्टुडेका ट्राफिक प्रहरी जनाव हरिश बिष्टले जानकारी दिए।
उनका अनुसार बसमा ३० जना यात्र सवार थिए। घाइत भएका मध्ये १५ जनाको अवस्था गम्भीर रहेको उनले जनाएका छन्।
'पाँच जनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौं,' विष्टले भने, 'गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन्'
दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।