• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

इञ्जिनियरिङ छाडेर पशुपालनमा लागेका श्यामवदन २० करोडका मालिक

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २६, २०७४  ०२:०७
1140x725

वीरगञ्ज- श्यामवदन यादव कुनैबेला नारायण मूर्तिको ‘इन्फोसिस कम्पनी’ मा जागिर खान्थे। उनको तलब थियो भारु ८० हजार। त्यहाँ एक वर्ष काम गरेपछि आफैं व्यवसाय थाल्ने सोच बनाए। जागिर छाडेर नेपाल फर्के।

बैंगलुरु विश्वविद्यालयबाट सफ्टवेयर इञ्जिनियरिङ गरेपछि त्यहीँबाट एमबिए गरेका उनले चाहेको भए ठूलै कम्पनीमा जागिर खान सक्थे। तर, नेपाली माटोको सुगन्धले तान्यो। यही माटोमा पसिना बगाउन उनी आइपुगे।

तिनै श्यामवदनले ९ वर्षअघि ५ वटा भैंसीबाट सुरु गरेको डेरी उद्योगमा अहिले भैंसीको संख्या ९५ पुगेको छ। वीरगञ्जसहित देशका विभिन्न सहरमा १० वटा 'डेरी हब' खुलिसकेका छन्। जोखिम लिएरै केही नयाँ काम गर्ने र स्थानीयलाई रोजगार दिने उद्देश्यले थालेको व्यवसायको आज चारैतिर चर्चा हुँदा उनमा खुसी थपिएको छ।

बैंगलुरु हुँदै विप्रो कम्पनीका मालिक अजिम प्रेमजीको गेस्ट लेक्चरर सुनेर आफ्नो करिअरको अहम् निर्णय गर्न पुगेका ३८ वर्षीय श्यामवदन विप्रोका प्रेमजी र इन्फोसिसका मालिक नारायण मूर्तिबाट सबैभन्दा बढी प्रभावित छन्। उनी आफ्नो आदर्श भने विश्वप्रसिद्ध दुग्ध सहकारी अमूलका संस्थापक वर्गिज कुरियनलाई मान्छन्। 'कुरियनले भारतमा दूधको 'बाढी' ल्याउन देखेको सपना जस्तै मैले यहाँ देखेको छु,' उनले आफ्नो लक्ष्यबारे भने।

व्यवसायको सुरुवात

बैंगलुरुबाट फर्केपछि नेपालको प्रख्यात कुखुराको दाना उद्योगमा मासिक सवा लाख रुपैयाँको जागिर पाए उनले। त्यहाँ करिब डेढ वर्षसम्म काम पनि गरे तर आफ्नो पैतृक दूध व्यवसायले नै उनलाई आकर्षित गरिरहेको थियो। त्यसपछि पारिवारिक जायजेथा धितो राखेर बैंकबाट लोन लिए र, 'कलश डेरी फार्म' स्थापना गरे।

सुरुवातमा ३ करोडको पुँजी लगानी गरेर खोलेको उद्योग करिब २० करोड बराबरको पुगिसकेको उनी बताउँछन्। 

पर्साको धोरेमा जन्मिएका श्यामवदनको पशुपालन र कलश डेरी उद्योग गरी दुई अलगअलग ठाउँमा रहेका छन्। जहाँ ८२ कर्मचारी कार्यरत छन्। उनको डेरी उद्योगले दूध, दही, घिउ, पनिर र क्रिम उत्पादन गर्छ। त्यसबाहेक आइसक्रिम उनको विशेष उत्पादन हो।

nimb
nimb
Ncell 2
Ncell 2

दैनिक करिब १५ सय किलोग्राम ‘ह्वाइट गोल्ड ब्रान्ड’का आइसक्रिम उत्पादन हुने श्यामबदन बताउँछन्। जुन वीरगञ्जबाहेक हेटौंडा, चन्द्रनिगाहपुर, जनकपुर, बर्दिवाससम्म पुग्ने गरेको छ। आफ्नै उद्योगबाट उत्पादन गरिएको दूधबाट नपुगेर उनले अन्य डेरी उद्योगबाट दैनिक ३ हजार लिटर दूध किन्ने गरेका छन्। 'मुख्यत: मलाई आइसक्रिम उत्पादनबाट प्रशस्तै आम्दानी भइरहेको छ,' उनी खुसी हुँदै भन्छन्, 'यो मेरो ‘जबरजस्त नाफा’ हो।'

बैंकले पत्याउँदैन

उद्योग स्थापनाको सुरुवाती चरणमा अत्यन्त उत्साहित श्यामबदन देशको राजनीतिक वातावरण र बैंकको अव्यवस्थित प्रणालीका कारण भने चिन्तित छन्। 

'कुनै पनि व्यवसायका लागि पुँजी चाहिन्छ। त्यसका लागि लोन लिन जाँदा बैंकले समेत अनुहार हेरेर व्यवहार गर्दो रहेछ,' उनी दुखेसो पोख्छन्, 'काम गर्न इच्छा नहुनेहरु सोर्सका भरमा दुई सय करोड पनि लोन पाउँछन् तर म जस्तालाई लोन दिन गाह्रो मान्छन्।'

एक्ला छोरा श्यामबदनका दुई छोराछोरी छन्। श्रीमती पनि इञ्जिनियर नै हुन्। उनको सपना पूरा गर्न श्रीमतीले हरसमय साथ दिइरहेकी छिन्।

आफ्नो उद्योग र सम्पतिलाई देशको सम्पति मान्ने उनको भविष्यको अर्को चाहना वृद्धाश्रम खोल्नु पनि हो। समाजसेवामा रुचि राख्ने उनी ११ वटा विभिन्न सरकारी तथा निजी संस्थाहरुबाट सम्मानित र पुरस्कृत भइसकेका छन्।

केही दिन अघिमात्र पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु विभागले उनलाई सम्मानित गर्दै प्रमाणपत्र र नगद पुरस्कार दियो। 

आफ्नो उद्योगलाई अझ विस्तार गर्न लगानीको खोजीमा रहेका उनको जीवनको एकमात्र उद्देश्य या सपना जे भने पनि पशुपालन व्यवसाय र डेरी उद्योगलाई देशकै सबैभन्दा ठूलो र व्यवस्थित उद्योग बनाउनु हो। जसका लागि ९ वर्षदेखि उनी आफ्नो सफ्टवेयर इञ्जिनियरिङ र एमबिएको डिग्रीलाई थान्को लगाएर अहोरात्र खटिरहेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  ०२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्