काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाल यौन दुराचारको अभियोगमा नेदरल्यान्ड्सका नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले कोटेश्वरस्थित एक होटलको कोठाबाट ७५ वर्षीय हेनरीक्रस एड्रिआनस जोसेफसलाई पक्राउ गरेको हो।
प्रहरीले उनीसँग रहेका एक जना बालकलाई उद्धार गरेको छ । पक्राउ परेका हेनरीक्रसलाई बाल यौन दुराचार अपराध अन्तर्गत मुद्दामा अनुसन्धान अगाडि बढाइएको सिआइबीका एसपी जीवन श्रेष्ठले जानकारी दिए।
बाल यौन दुराचार अपराधमा जबर्जस्ती करणी अन्तर्गत अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।