नेपालगञ्ज- पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्ज बहुभाषीय सष्टाहरुको संगमस्थल पनि हो।
बाँके जिल्लामा पहाडी, मुस्लिम, मधेसी र थारुहरुको जनसंख्या लगभग बराबरी छ। नेपालगञ्जका अधिकांश मानिसको दोस्ती आफ्नो समुदायभन्दा फरक मधेसी, मुस्लिम, थारु या पहाडीसँग हुने गरेको छ। यहाँका वासिन्दा दशैं, दिपावली जस्तै इद, होली, र माघी पनि सँगसँगै मनाउँछन्।
राजनीतिक नाफाघाटाका लागि कहिलेकाहीँ एउटा समुदायलाई अर्को समुदायबीच लडाउने भिडाउने खेलले नेपालगञ्जको सामाजिक सद्भाव कुनै बेला खलबलिने त्रास पनि छ।
तर यस्तो सद्वभाव कायम राखिरहन यहाँका स्रष्टाहरु लागिपरेका छन्।
पछिल्ला दिनमा मासिक रुपमा भेला भएर आआफ्ना भाषा र लयमा रचनाहरु सुनाउँछन् र राजनीतिक नाफाघाटाका लागि सामाजिक सदभाब बिथोल्न खोज्नेविरुद्ध खबरदारी गर्छन्।
नेपालगञ्जको महेन्द्र पुस्तकालय उनीहरु भेला भेला हुने ठाउँ हो। सबै जात समुदायको स्रष्टा भेला भएर आफ्ना रचना सुनाउने गरेको स्रष्टा सचितानन्द चौबेले बताए। विष्णु कुमाल, अब्दुल लतिफ शौक, मुस्तफा हसन कुरैसी, नसिम कादरी, असथाक संघर्ष, हरिप्रसाद तिमिल्सैना, ऋचा लुइँटेल, महानन्द ढकाल, इन्द्र भन्डारी, कपिल अन्जान, सोम डेमनडौरा जस्ता स्रष्टा पुस्तकालयमा नियमितजसो भेला हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।