काठमाडौं- ठगी आरोपमा कन्सलटेन्सीका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
मित्रपार्कमा रहेको एक्सा–वाई इन्टरनेशनल प्रालिका सञ्चालक अशोककुमार यादव र ईश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले पक्राउ गरेको हो।
उनीहरुले क्यानाडा, टर्की, मकाउ पठाउने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम असुल गरेका थिए। विद्यार्थी भिसामा ती देश पठाउने भन्दै उनीहरुले ठगी गरेका थिए। उनीहरुविरुद्ध चार जनाले जाहेरी दिएको र अरुलाई पनि ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
उनीहरुले प्रतिव्यक्ति तीनदेखि चार लाखसम्म लिएको प्रहरीको भनाइ छ। शैक्षिक परामर्शका लागि भनेर खोलिएको कन्सलटेन्सीका ती सञ्चालकले मेनपावरले जस्तै विदेश पठाउने भन्दै पैसा असुल्दै आएक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।