पोखरा- लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-४ यज्ञपुरीमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। ना १० प ४१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ८२ वर्षीय लीलबहादुर थापाको उपचार क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।