काठमाडौँ- वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्टी पुर्ने काम सुरु गरेको छ।
वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।
अहिले नरदेवी, कोटेश्वर लगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको प्रमुख शाक्यले जानकारी दिए। कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने ८ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।
रु ८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने महानगरको योजना छ। मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न सुरु गर्ने योजना बनाइएको ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।