काठमाडौं- कोटेश्वरस्थित महादेवस्थानमा गएराति स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्।
राति सवा ९ बजे बा ७० प ४९३२ नम्बरको स्कुटी पोलमा ठोक्किएको थियो। दुर्घटनामा काठमाडौं कोटेश्वर बस्ने सिन्धुलीका २० वर्षीय सुरेश राई गम्भीर घाइते भएका हुनन् । उनको राष्ट्रिय ट्रमा सेन्टर न्युरोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।