मलेखु, धादिङ- सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खुर्पेखोला निवासी ४६ वर्षीय कुलबहादुर थापा रहेका छन्। उनको घरबाट दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक रामबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी न्यायिक प्रक्रिया अघि बढाइएको छ। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा प्रहरीले सक्रियता बढाइएको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।