काठमाडौं- भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार अबको ६ महिनाभित्र सकिने भएको छ।
पुरातत्व विभागको सहयोगमा एक वर्षअघि जीर्णोद्घार थालिएको मन्दिरको पुनर्निर्माण करिब ८० लाख रुपैयाँको लागतमा पूरा हुने लक्ष्य राखिएको छ।
मन्दिरको दोस्रो तलामा क्षति पुग्नाका साथै खम्बा पनि सरेका कारण मन्दिरका केही अंशको जीर्णोद्धार थालिएकामा अहिलेसम्म आधीभन्दा बढी काम पूरा भइसकेको काठमाडौं उपत्यका संरक्षण कोषका देशीय निर्देशक रोहित रञ्जितकारले बताए।
ढुंगाबाट निर्मित उक्त मन्दिर ०७२ को भूकम्पबाट केही खण्ड चर्केको थियो । वि.सं. १६९३ सालमा पाटनका प्रथम राजा सिद्धिनरसिंह मल्लले शिखर शैलीमा २१ गजुर भएको कृष्ण मन्दिर निर्माण गरेका हुन्।
मन्दिरमा दैनिक नित्यपूजाका साथै कृष्णाष्टमी र वैष्णव धर्मसँग सम्बन्धित एकादशीमा विशेष पूजा हुन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।