सुरुङ्गा, झापा- प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन्। मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन्। भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए।
पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट ८ः४५ बजे फरार भएको प्रहरी स्रोतले जनाएको छ। अस्पताल जानेबित्तिकै उनी शौचालय गएका थिए। माझीले शौचालयको चुकुल लगाई धारा खोलेर भेन्टिलेशनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।