काठमाडौं- आज शिख धर्मावलम्बीहरु गुरू नानक जयन्ती मनाइरहेका छन्। यही जयन्तीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण शिख समुदायको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्।
गुरू नानकले देखाएको माया, सद्भाुव, सत्यता र अहिंसाको बाटो सबैको लागि मार्गदर्शक र व्यावहारिक भन्दै उनले नेपालीबीचको आपसी सुसम्बन्धलाई झन् प्रगाढ बनाउँदै राष्ट्रिय एकता मजबुत बनाउन जयन्तीले प्रेरणा दिने उल्लेख गरेका छन्।
'कुनै जात, वर्ण, लिङ्ग र समुदायको भेदभाव नगरी शिख समुदायले परोपकार र सामाजिक सहिष्णुता कायम गर्दै ईश्वर भक्ति र समाज सेवाको क्षेत्रमा राम्रो उदाहरण पेश गरेको छ,' उनले भनेका छन्।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आउन लागेको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी भएर सफल पार्न पनि सबैलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।