काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको संगठन 'नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन'ले बालकृष्ण ढुंगेलको तत्काल रिहाइको माग गरेको छ। संगठनले विज्ञप्ति जारी गरी ढुंगेल गिरफ्तारी प्रकरण तथा जेल चलान षड्यन्त्रपूर्ण तवरले गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'द्वन्द्वकालीन मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने प्रस्ट हुँदाहुँदै पनि विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरित ढुंगेललाई गिरफ्तार गरिनुले सरकारको नियत र शान्ति प्रक्रिया व्यवस्थापनमा भएको गैरजिम्मेवारीपन उदांगो भएको छ।'
कर्तव्य ज्यान मुद्दा लागेका ढुंगेललाई प्रहरीले गत मंगलबार ललितपुरको पाटनबाट पक्राउ गरेको थियो। उनलाई सदरखोर डिल्लीबजारमा कैद सजाय भुक्तानका लागि राखिएको छ। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वोच्चले दोषी ठहर गरे पनि उनी ७ वर्षदेखि फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।