काठमाडौं–झोलामा लुकाएर चरेश तस्करी गर्न खोज्ने नर्वेजियन नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । कतार एयरको उडानबाट दोहा हुर्दै नर्वे जान लागेका राहदानी नम्वर ३२७५४०९० बाहक नर्वेजियन नागरिक ३३ बर्षीय मार्टिन साङवेलाई प्रहरीले चरेशसहित पक्राउ गरेको हो । उनको साथबाट २ किलो ८ सय ५० चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
होल्ड ब्यागेज एक्सरे चेकिङमा विहीबार जाँच गर्दा ह्याण्ड व्यागेजको सुटकेशमा फल्स वटम वनाई लुकाई छिपाई लैजान लागेको अवस्थामा चरेश बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।