भक्तपुर- विभिन्न स्थानमा दुई दिनमा एक बंगलादेशीसहित चार जना मृतावस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा ३४ वर्षीय बंगलादेशी हसन फेरोदोस मृत अवस्थामा फेला परेका छन्।
बुधबार अपराह्न अचानक बेहोश हसनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डा इबामुरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए।
त्यसैगरी ओखलढुंगा घर भई हाल सूर्यविनायक नगरपालिका–३, बालकोट बस्दै आएकी सरिता सार्की आफ्नै कोठामा मृत फेला परेकी छन्। बुधबार बेलुका खाना खाई सुतेकी कार्की सुतिरहेका अवस्थामा मृत फेला परेको प्रनाउ प्रसाईंले जानकारी दिए।
त्यसैगरी धादिङ बैरेनी–९ का २३ वर्षीय शम्भु खत्री सूर्यविनायक –८ जगातीमा मृतावस्थामा फेला परेका छन्। महानगरीय प्रहरी वृत्तको गस्ती टोलीले बुधबार साँझ अचेतावस्थामा फेला पारेको खत्रीका उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी सूर्यविनायक–९ भातेढिकुरस्थित होटल भ्यूमा काम गर्ने उदयपुर त्रियुगा–१६ का ३० वर्षीय नवराज राई बिहीबार मृत फेला परेका छन्। होटेलकै छाप्रोमा बस्दै आएका राई सोही छाप्रामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।