काठमाडौँ – कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ।
अन्तरदेशीय अपराधमा संलग्न देखिएकाले थप अनुसन्धानका लागि उनीहरुलाई विशेष ब्युरोको जिम्मा लगाइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए।
बुधबार राति कमलादीस्थित एक रेस्टुराँमा विवाद हुँदा पेस्तोल देखाउँदै हवाई फायर गरेको केही समयलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले भारतीय नागरिक ४३ वर्षीय जसवीर सिंह र ४० वर्षीय हरबिन्द सिंहलाई पक्राउ गरेको थियो।
उनीहरुका साथबाट एक थान अत्याधुनिक पेस्तोल र ५१ वटा गोली बरामद भएको थियो । निर्वाचनको मुखमा पक्राउ परेका उनीहरु के–कारणले हतियारसहित नेपाल भित्रिएका थिए भन्नेमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।