काठमाडौं- लागुऔषधसहित काठमाडौंको कीर्तिपुर नगरपालिका–३ खसीबजारबाट एक युवा पक्राउ परेका छन्।
सोही ठाउँ बस्ने मोरङको पथरी नगरपालिका–१ का २९ वर्षीय मिलन राई बुप्रिनर्फिन ७० एम्पुल, डाइजेपाम ७४ एम्पुल र फेनारगन ८४ एम्पुलसहित पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।