काठमाडौं- चितवन रत्ननगरको चेपाङ बस्तीका बाढी पीडितलाई घर बनाउन सहयोग जुटाइरहेका लोक गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट एक हजार डलर सहयोग आएको छ।
तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम एक कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गायक लामालाई हस्तान्तरण गरे।
गत साउनमा गएको बाढीका कारण रत्ननगरको चेपाङ बस्तीमा धेरैले क्षति बेहोरेका थिए । गायक लामाले सो स्थानमा सहयोग रकम जुटाउँदै पाँच वटा घर निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेका छन्।
लामाको उक्त अभियानबाट प्रभावित भएर थप घर बनोस् भन्ने उद्देश्यका साथ तामाङ कोअपरेसनले सहयोग रकम पठाएको संस्थाकी सदस्य पार्वती तामाङले बताइन् ।
कार्यक्रममा इटाली निवासी मिला थोकरले पनि दस हजार रुपैयाँ दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।