• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

९० प्रतिशत चेतनामूलक चित्र छाप्न सूर्य चुरोटको अटेरी

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  १९:३४
1140x725

काठमाडौं– सूर्तीजन्य पदार्थका बट्टा, प्याकेट र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने निर्देशिका आएको आज ठ्याक्कै तीन वर्ष पुगेको छ । ०७१ साल कात्तिक १३ गते ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश, चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका- २०७१’ जारी भएको थियो।

तर, सूर्तीजन्य पदार्थ उत्पादन गर्नेमध्येको एउटा कम्पनी सूर्य नेपालका कारण ३ वर्षसम्म पनि कानुन कार्यान्वयन हुन सकेको छैन । अन्य सूर्ती कम्पनीले ९० प्रतिशत शन्देश र चित्र छापेपनि सूर्य नेपालले आनकानी गरिरहेको छ । उक्त कम्पनीको आर्थिक आर्थिक प्रलोभनमा परेर कार्यान्वयनका लागि दबाब दिनुपर्ने निकाय कानमा तेल हालेर बसेको देखिएको छ। 

ऐन कार्यान्वयनका लागि दिइएको  समय ६ महिना अनुसार २०७२ साल जेठ १ गतेदेखि उक्त नियम लागू हुनुपर्ने थियो । कानुन कार्यान्वयनका लागि पहल गर्नुपर्ने स्वास्थ्य, उद्योग र गृह मन्त्रालयका अधिकारीहरुलाई सूर्ती उद्योगहरुले प्रभावमा राखेका कारण कानून कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सूर्तीजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एक्सन नेपालले उद्योगीको प्रभावमा सरकारी निकायहरु कार्यान्वयनमा पन्छिएको बताएको छ । एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले भने, ‘सरोकारवाला निकायहरुको उदासिनताका कारण देशकै बेइज्जत हुने अवस्था आइसक्यो ।’ सूर्तीजन्य पदार्थको नियन्त्रणमा कानुन बनाएको भन्दा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत नेपालले कार्यान्वयन गर्न नसकेकाले यस्तो स्थिति आएको उनी बताउँछन्। 

स्वास्थ्य मन्त्रालयकी डा राधिका थपलियाले आफूहरुले ऐन कार्यान्वयन गराउनका लागि उद्योग मन्त्रालयसँग पटक–पटक आग्रह गरेको बताएकी छिन् । उनले भनिन्, ‘हामीले हिजो मात्रै फेरि अर्काे चिठी लेखेर पठाएका छौं । यसअघि पनि उद्योग मन्त्रालय र आन्तरिक राजस्व विभागलाई पटक–पटक पत्राचार गरेको देखिन्छ।’

यसैगरी जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सूर्तीरहित सहर बनाउने योजनामा आफूहरु रहेको बताए । उनले त्यसका लागि १ करोड रुपैयाँको अन्तर्राष्ट्रिय सहयोग समेत आइसकेको बताउँदै प्रस्ताव महानगरमा पेश गरिएको जानकारी दिए । उनले भने, ‘काठमाडौं महानगरमा अनुगमन निकै चुनौतीपूर्ण छ । तर, पनि हामी चाँडै यसमा तीव्र रुपमा लागिपर्ने योजनामा छौं।’

अधिवक्ता रामचन्द्र शर्माले उद्योग मन्त्रालय सर्वसाधारणको स्वास्थ्यका विरुद्ध लागिरहेको आरोप लगाए । उद्योगीका पक्षमा चिठी लेखेको देखाउँदै यसले उनीहरुको मनोबल बढेको बताए। 

सूर्य नेपालमा ९० प्रतिशतमा सन्देशमूलक चित्र र सन्देश छाप्ने नियम कार्यान्वयन नगर्दा अन्यले पनि नियम मिच्न थालेको बताइएको छ । चित्र छाप्दा पाँचवटा विभिन्न छाप्नुनपर्ने, सन्देश नेपाली भाषामा हुनुपर्ने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाइने, खिल्ली बेच्न नपाइने, विज्ञापन गर्न नपाइने जस्ता नियम पनि उल्लंघन गरिएको पाइएको छ । अर्काे सूर्ती कम्पनी विनस्टनले त फ्लेभर उल्लेख गरेको, ग्राहकलाई चुरोट खान उत्प्रेरित गरिरहेको र सजाएर राख्ने गरेको भेटिएको एक्सन नेपालले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्