• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूजा सामग्री बेचेरै १५ जनाको परिवार चलाउँछन् माली

पसलकै आम्दानीले छोरालाई सिए पढाए
64x64
नेपाल लाइभ शनिबार, चैत ९, २०७५  १५:५०
1140x725

राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिका-२, मोहनपुरका किसान राजकुमार मालाकार भण्डारी (माली)ले २० वर्षअघि छिन्नमस्ता मन्दिर नजिकै फूल-मालासहित पूजा सामग्रीको पसल खोले। खेतीपातीबाट जीविका चल्न छोडेपछि विकल्पको रुपमा खोलिएको पसल अहिले उनको मुख्य पेसा भएको छ।

सामान्य खेतीपाती र पूजा सामग्रीको पसलकै आम्दानीले मालीले १५ जनाको परिवार पालेका छन्। छोरीछोरीको पढाइ-लेखाइ, परिवारको स्वास्थ्य उपचार र अन्य खर्च त्यसैबाट चलाएका छन्। जग्गाको नाममा ३ कठ्ठा घडेरी छ, डेढ बिघा जमिन अधियाँ कमाएका छन्। ‘खेती भनेको भरथेगका लागि मात्रै हो, काम पनि एक-दुई महिना मात्रै हुन्छ,’ ६० वर्षीय माली भन्छन्, ‘बाँकी समय पसलमै बित्छ र यसैको आन्दानीले परिवार चलेको छ।’

मालीका पत्नी राधासहित ५ जनाको परिवार छ। १९ वर्षीय छोरा ओमप्रकाश भने विराटनगरस्थित मेरिल्यान्ड कलेजमा सिए (चार्टर्ड एकाउन्टेन्ट) अध्ययनरत छन्। छोरी जानकीको ५ वर्षअघि विवाह भयो। ‘विवाहमा पनि कमसेकम ५ लाख रुपैयाँ खर्च भयो,’ माली सम्झन्छन्। पढाइमा कमजोर भएकाले कान्छी छोरी पुनिताले ९ कक्षाबाट पढ्नै छोडिन्।

मालीका अर्का छोरा हरेरामका पत्नीसहित ३ छोराछोरी छन्। २२ वर्षीय हरेराम उनलाई काममा सघाउँछन्।

भाइ रामसेवकका ६ जनाको परिवार पनि सगोलमै छ।  ४/५ वर्ष मलेसिया बसेर फर्केपछि उनी पनि कमाउन भारततर्फ आउजाउ गर्ने गरेका छन्।

तर, परिवार चलाउन पसल नै निरन्तर आम्दानीको स्रोत भएको मालीले बताए। छोराछोरीको विवाह र सिए पढिरहेका छोराको पढाइमा पसलले ठूलो सहयोग गरेको उनी बताउँछन्।

‘सिएको कोर्स गर्न कलेजलाई नै ८ लाख बुझाउनुपर्‍यो,' उनले भने, ‘पसल नभएको भए, हिम्मत गर्न सक्ने अवस्था नै थिएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

ओमप्रकाश मात्र होइन, भाइ रामसेवकका छोरा जयप्रकाश पनि सोही कलेजमा बिबिए अध्ययनरत छन्। उनको पढाइका लागि पनि कलेजलाई ५ लाख बुझाउनुपर्छ। ‘बाँकी पैसा किस्तामा बुझाउने सर्तमा एक लाख बुझाएर भर्ना गराएका छौं,’ माली थप्छन्।

कति छ पसलको आम्दानी?
फूल, माला लगायत पूजा सामग्री बेचेर पसलबाट राम्रै आम्दानी हुने गरेको राजकुमार बताउँछन्। 

दसैं, तिहार, विश्वकर्मा पूजा लगायतका चाडपर्वमा बिक्री बढी हुने गरेको छ। ‘दसैंको बेला सरदर एक लाखसम्मको सामान बिक्री हुन्छ,’ उनले भने, 'चाडबाड बाहेकको समयमा आम्दानी त घट्छ, तर चिन्ता गर्नुपर्ने अवस्थाचाहिँ आएको छैन।’

असार, साउन र भदौमा तथा अन्य महिनाको मंगलबार र बिहीबार मन्दिरमा भक्तजनको कमी आउनाले पूजा सामग्री बिक्री लगायत अन्य सबै क्षेत्रमा चहलपहल घट्ने गरेको उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूजा सामग्रीकै ३ दर्जन पसल
मालीले २०५० सालमा पसल खोल्दा मन्दिर आसपासमा अन्य तीन वटा मात्रै पूजा सामग्रीका पसल थिए। मन्दिरमा दर्शन गर्न आउनेको संख्या पनि थोरै थियो। तर, अहिले मन्दिरमा भक्तजनको संख्या थपिँदै गएपछि पसल पनि थपिने क्रम जारी छ।

छिन्नमस्ता-१ का अशोककुमार मण्डल, ललितादेवी शर्मा, राधादेवी सहनी लगायत तीन दर्जन बढीले अहिले मन्दिर प्रांगणमै पूजा सामग्रीको पसल सञ्चालन गरेका छन्। खेतीपाती थोरै भएका अधिकांशको जीवन निर्वाह पूजामाला बेचेरै चलेको छ।

मन्दिर प्रांगणबाहिर पनि यस्ता पसल धेरै पसल सञ्चालनमा रहेको उनीहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्