कास्की- मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको मृत्यु भएको छ। भिरबाट लडेर जापानका ६४ वर्षीय नाजासावा माजासीको बुधबार माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
चैत १ गते काठमाडौँको हिमालयन शेर्पा एडभेञ्चर कम्पनीबाट ४ जापानी र २ नेपाली पथप्रदर्शक सो क्षेत्रमा पदयात्रामा गएका थिए।
माजासीको लडेर मृत्यु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुर्पा शेर्पाले जानकारी दिए।
उनी बाटोबाट चिप्लिई करीब ७ सय मिटर तल खसेको पथप्रदर्शक पासाङ दावा शेर्पालाई उद्धृत गर्दैै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।
हेलिकप्टरबाट उद्धार गर्न खोजेपनि खराब मौसमका कारण सम्भव हुन नसकेको प्रजिअ गुरुङले बताए।
घटनास्थल पुग्न माछापुच्छ्रेको सिदिङबाट पैदल यात्राामा २ दिन लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।